Breaking : रुपन्देहीमा पनि सहल भेटियो

प्रदेश नम्बर ५ को रुपन्देहीमा पनि सहल देखिएको छ । कृषि उपसचिव डा. गंगादत्त आचार्यले बुटवलमा सलह भेटिएको बताए ।

आजै प्रदेश २ का विभिन्न जिल्लामा देखिएको सहल किरा प्रदेश ५ को रुपन्देहीमा पनि देखा परेको हो ।
प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख यामनारायण देवकोटाले हुलका हुल नभई फाट्टफुट्ट सलह कीरा आएको बताए ।

स्थानीयले खबर गरेपछि ती कीरा हेर्ने र सबै कीरा सलह हो होइन अनुसन्धान गर्ने काम थालेको उनले बताए ।

‘अहिलेसम्म समूहमा छैन फाट्टफूट्ट आएको छ,’ उनले भने, ‘कीट विज्ञहरुले अनुसन्धान गरिरहनु भएको छ ।’

दिउसो करिब एक बजे बुटवलको कालिकानगर, गोलपार्क, सुख्खानगर, रामनगर लगायतका क्षेत्रमा सलह देखिएको भन्दै स्थानीयले प्रदेश सरकारका पदाधिकारी तथा विज्ञहरुलाई खबर गरेका थिए ।

यसैबीच सलह रौतहटमा पनि देखिएपछि किसान चिन्तित भएका छन् । लाखौं लाखको झुन्डमा हिँड्ने र जुनसुकै बालिनालीलाई पनि विनाश गर्नसक्ने सलह कीरा आज बिहान रौतहटको छुट्टाछुट्टै दुई पालिकामा देखिएको छ ।

जिल्लाको उत्तरीभेग चन्द्रपुर र गुजरा नगरक्षेत्रमा सलह किरा देखिएको हो । गुजरा नगरपालिका वडा ३ मा सलह किराको ठूलो झुन्ड देखिएको स्थानीय समाजसेवी शिव पराजुलीले जानकारी दिए ।

कृषि ज्ञानकेन्द्र रौतहटका प्रमुख जितेन्द्र झाले चन्द्रपुर २ मा पनि सलह किरा आएको बताएका छन् । ‘सलह कीरा शनिबार बिहान रौतहटमा पनि आएको छ । तर हालसम्म कुन स्थानीय तहमा आएको भन्ने यकिन भइसकेको छैन’ प्रमुख झाले बताए । यो किरा बारा, पर्सा र सर्लाहीको केही ठाउँमा पनि देखिएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv