१ सय १४ बर्षिय एक इथियोपियाली जसले जिते कोरोनालाई

बीबीसी,असार १३ । १ सय १४ बर्षिय एक इथियोपियाली वयोवृद्ध कोभिड-१९ बाट चामत्कारिक रूपमा निको भएको उपचारमा संलग्न एक चिकित्सकले बताएका छन् ।

अबा तिलाहुन वोल्डेमिकाइलको परिवारका अनुसार उनी ११४ वर्षका छन् । त्यसको अर्थ उनी विश्वकै सबैभन्दा वयोवृद्ध व्यक्ति हुनसक्छन्, तर त्यसलाई पुष्टि गर्न जन्मदर्ताको प्रमाणपत्र छैन ।

असी वर्षभन्दा बढी उमेरका व्यक्तिमा कोरोनभाइरस सङ्क्रमण भए उनीहरू बढी जोखिम समूहमा पर्ने बताइन्छ।

यी शताब्दी पुरुषलाई अहिले घरमै नातिले हेर्दै आएका छन्।

छिमेकमा पर्ने राजधानी आदिस अबाबामा पहिल्यै निर्धारण नगरिएको जाँचका क्रममा अबा तिलाहुनमा कोरोनाभाइरस फेला पर्‍यो ।

बीबीसीको न्यूजडे कार्यक्रमलाई डा. हिलुफ अबातेले बताएअनुसार लक्षण देखिनुभन्दा पहिल्यै अबा तिलाहुनलाई अस्पताल भर्ना गरिएको थियो।

तसर्थ चिकित्सकहरूले उनको राम्ररी उपचार गर्न सके अनि नजिकबाट उनको अवस्थालाई नियाल्न सके।

डा. हिलुफका अनुसार एका कोतेबे अस्पतालको कोरोनाभाइरस वार्डमा राखिएको चार दिनभित्र अबा तिलाहुनको स्वास्थ्य अवस्था खस्कियो र भाइरसले उनलाई कमजोर बनाइदियो। त्यसपछि उनलाई अक्सिजन दिन थालियो।

चौधदिने अस्पताल बसाइका क्रममा एक साताभन्दा बढी समय अक्सिजन दिएर उनको उपचार गरियो।

कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि कडा उपायहरू अवलम्बन गरेको इथियोपियामा ५,००० भन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् भने ८१ जनाको ज्यान गएको छ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv