कार दु’र्घटनामा पत्रकार कृष्णबाबु पाण्डेको मृ’त्यु

काठमाण्डौं, असार १४ । कार दु’र्घटनामा परेर न्यूज २४ टेलिभिजनका रुपन्दहीस्थित टिभी पत्रकार कृष्णबाबु पाण्डेको मृ’त्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-भैरहवा सडक खण्डको तिलोत्तमा-१, ड्राइभर टोलमा गए राति भएको सवारी दु’र्घटनामा पाण्डेकाे मृ’त्यु भएकाे हाे ।

बुटवलबाट मध्यराति पाण्डे घर फर्किरहँदा बा ७ च ६९५९ नम्बरको उनी आफैले चलाएको कार दु’र्घटनाग्रस्त भएकाे जनाइएकाे छ । दु’र्घटनामा गम्भीर घा’ईते भएका पाण्डेलाई उपचारका लागि बुटवलस्थित चौराहा अस्पतालमा लगिएको र उपचारकै क्रममा उनको मृ’त्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

कार सडक किरानाको फलामे बारमा ठोक्किएकाे बताइएकाे छ । टिभी पत्रकार पाण्डेको शव अहिले पाेस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv