आफ्ना पालामा नबजेकाे एक ब्यक्ति एक पदकाे नरसिङ्गा बाजा महाधिवेशन मै बजाउँ – गोकुल बाँस्कोटा (पुर्व मन्त्री )

काठमाण्डौं,असार १९ । पछील्लो राजनीतिक परिस्थितीले नेकपामा देखिएको कलह र फुटको संघारमा पुगेको जस्ता समाचार बाहिरिए पछी पार्टिका सदस्य तथा बिज्ञहरुको टिका टिपणी बाहिर आएका छन । सोही बिषयमा पुर्व संचार मन्त्री गोकुल बाँस्कोटाले टुईट गर्नु भएको छ

नेता बांस्कोटा को भनाइमा पार्टीका सदस्य तथा नेताहरुलाई गणितिय हिसाबकिताब होइन सहमतीको शिर्षतहको सहमती होस् र बिवाद भन्दा पनि एकता बढोस् भन्ने चाहना रहेको देखिन्छ । केही घोचपेच गर्दै मेयर नबन्न आग्रह गर्नु भएको छ ।

वहाँ ले भन्नु भएको छ “म फेरि भन्छु-गणितले हैन, पार्टी अध्यक्षकाे निर्णयले नेकपा बनेकाे हाे । विधानले अल्पमत वहुमत हैन सहमति भन्छ ।महाधिवेशन गराै,भाेटिङ गराै । आफ्ना पालामा नबजेकाे एक ब्यक्ति एक पदकाे नरसिङ्गा बाजा महाधिवेशन मै बजाउँ र स्थापित गराै । अध्यक्ष प्रम,सांसद मन्त्री,केस सांसद ,प्रदेश र जिल्ला नेता मेयर नबनाै ।”

त्यस्तै अर्को टुईट मा उनले लेखेका छन “पोलिट व्युरो कुटनितिक व्युरो जस्तो देखियो। भंग गरिदिए हुन्छ ।” उनको टुईटमा ७० करोडको प्रसंग आए पनि उनले कुनै प्रतिकृया भने दिएका छैनन ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv