रहिनन बलिउडकी चर्चित कोरियोग्राफर सरोज खान

मुम्बई,असार १९ । बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको हृदयघातका कारण शुक्रबार निधन भएको छ । केही दिनदेखि बिरामी परेकी उनलाई सास फेर्न गाह्रो भएपछि मुम्बईको बान्द्रास्थित गुरु नानक अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा ७१ वर्षीया खानको निधन भएको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन् ।

केही दिनअघि उनको कोरोना टेस्ट गरिएको थियो । कोरोना टेस्ट भने नेगेटिभ आएको थियो । सरोजले करिब २ हजार फिल्ममा कोरियोग्राफी गरेकी छिन् । उनले श्रीदेवी र माधुरी दीक्षितलगायत बलिउडका अधिकांश अभिनेत्रीलाई नृत्य सिकाएकी थिइन् । उनले अन्तिम पटक कंगना रनावतको ‘मणिकर्णिका’ र ‘कलंक’का गीतमा कोरियोग्राफी गरेकी थिइन् ।

सरोजले ४० वर्ष बलिउडमा कोरियोग्राफी गरिन् । सरोजले पहिलो पटक सन् १९७४ मा ‘गीता मेरा नाम’बाट कोरोयोग्राफी थालेकी थिइन् । अहिलेसम्म उनले तीन नेशनल अवार्ड जितेकी थिइन् ।

खानको निधनमा अभिनेता अक्षय कुमारले ट्विट गर्दै लेखेका छन्, ‘दुखद खबरसँगै उठें । लेजेन्ड्री कोरियोग्राफर सरोज खान अब रहनु भएन । उहाँले नृत्यलाई सबैले गर्न सक्ने सहज बनाइदिनुहुन्थ्यो । यो बलिउड इन्डस्ट्रीका लागि ठूलो नोक्सान हो । उहाँको आत्माले शान्ति पाओस् ।’
शुक्रबार नै उनको अन्तिम संस्कार गरिने बताइएको छ । उनका एक छोरा र दुई छोरी छन् ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv