खुशी बोकेर आउने समयमा बाकसमा भित्रिए ११५ सव

काठमाण्डौं,असार २० । लकडाउनका कारण विदेशमा अलपत्र अवस्थामा रहेका ११५ शव स्वदेश ल्याइएको छ ।

हिजो (शुक्रबार) सम्म विदेशमा ज्यान गुमाएका १ सम्म १५ जना युवाको शव स्वदेश ल्याइ मृतकका परिवारलाई बुझाएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
त्यस्तै १३२ जनाको शव गन्तव्य मुलुकमा नै अन्त्यष्टिक लागि सहमति भएको बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिए ।

हालसम्म मलेसियाबाट ३५, साउदीबाट ३२, कतारबाट ३०, युएईबाट ७, कुवेतबाट ७, बहराइनबाट ३ र ओमानबाट १ वटा शव ल्याइ मृतकका परिवारलाई बुझाएको बोर्डले जनाएको छ।

उनकाअनुसार वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका १०५ शव अझै व्यवस्थापन गर्न बाँकी छन् ।

बोर्डका अनुसार वैदेशिक रोजगारीका क्रममा मलेसियामा १९, साउदीमा ५२, कतारमा ७, युएईमा १३, कुवेतमा ५, बहराइनमा २ र अन्य विभिन्न मुलुकमा ७ गरी १०५ शव व्यवस्थापन गर्न बाँकी रहेका छन्।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv