गायिका अमृता लामिछानेको आवाजमा ”संगै नाचौँ गाईज” भिडियो सहित

काठमाण्डौं,असार ३१ । गायिका अमृता लामिछाने , धना मगर र गायक यज्ञराज बुढाथोकीको आवाजमा नेपाली नारीहरुको महान पर्व हरितालिका तिज लक्षित गदैँ सन्देशमुलक ”संगै नाचौँ गाईज”गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । गीतमा देशमा व्याप्त कोरोना माहामारी मा पनी आपसमा मिलेर तिज पर्वलाई भब्य साथ मनाउनको लागी आग्रह गरिएको छ ।

आपसमा मिलेर घरमा नै परिवार सगँ नै तिज मनाउनको लागी अनुरोध गरिएको छ । यज्ञ बुढाथोकीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । गीतको एरेन्ज संजय श्रीपालले गरेका छन । मिराज अर्यालको छायाँकन , विवेक खड्काको सम्पादन तथा उदिराम खड्काको निर्देशन तथा विन्दु खड्काको कोरियोग्राफी भिडियोमा रहेको छ । ”संगै नाचौँ गाईज” गीतको भिडियोमा मनोज खड्का , मुना श्रेष्ठ, पुरन क्षेत्री र गणेश राईको अभिनय तथा नृत्य भिडियोमा छ ।
”संगै नाचौँ गाईज” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv