साहित्यकार एवं संगीत प्रवर्तक प्रकाश सायमीलाई पितृशोक

काठमाडाैं १४ असोज । नेपाली साहित्यकार, सङ्गीत अन्वेषक एवं सिने निर्देशक प्रकाश सायमीलाई पितृशोक परेको छ । सायमीका पिता रत्नदास मानन्धरको ८३ वर्षको उमेरमा आइतबार बिहान ८ः५४ बजे निधन भएको हो । मधुमेहको बिरामी उहाँलाई केही दिनदेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो ।

पिताको उपचारकै क्रममा निधन भएको र अन्तिम समयमा परिवारका सदस्य साथमै रहेको उनका माइला छोरा प्रकाश सायमीले जानकारी दिएका हुन् ।

उनको आइतबार नै नेवारी परम्परा अनुसार शोभाभगवतीमा अन्त्येष्टि गरियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv