भक्त बीबी द्धारा संचालनमा रहेको सुदूरपश्चिमको नमुना क्वारेन्टाइन गृह साउन १ गते देखी बन्द

धनगढी,साउन १ । धनगढी उपमहानगरपालिकामा भक्त बीबी द्धारा संचालनमा रहेको क्वारेन्टाइन गृह बन्द गरिएको छ ।

भारतबाट आउने क्रम रोकिए संगै सो गृहलाई असार ३१ गते देखी बन्द गरिएको हो ।

धनगढी उप–महानगरपालिका वडा नम्बर ३ को कार्यालय र भक्त बिबि हेल्पीङ हेण्डस फर ह्युमानिटीको सहकार्यमा त्रिभुवन माध्यमिक विद्यालयमा सञ्चालन गरिएको क्वारेन्टाईनमा रहेका ५ जनालाई बिशेष कार्यक्रमका बिच बिदाई गर्दै समापन गरिएको हो ।

भारतबाट नेपाल फर्कने नागरिकको संख्या घट्न थालेकाले क्वारेन्टाईनबाट दिईने सेवाहरु बन्द गरिएको वडा नम्बर ३ का वडा अध्यक्ष बल बहादुर ऐरले जानकारी दिए ।

कोरोना महामारी फैलिएपछि भारतबाट स्वदेश फर्कने नागरिकलाई सेवा दिन गत जेठ देखी उक्त क्वारेन्टाईन संचालन गरिएको थियो भने सो क्वारेन्टाइनमा १३१ जना नागरिकहरुले सेवा पाएको संस्थाले बताएको छ ।


सुदूरपश्चिमकै नमुना क्वारेन्टाईनका रुपमा रहेको भक्त बिबि क्वारेन्टाईनले क्वारेन्टाईन गृहमा बस्ने नागरिकका लागि कुनै पनि सेवा सुविधाको कमी हुन नदिएको र क्वारेन्टाईनबाट नागरिकहरुलाई उपयुक्त सुविधा सहितको सेवा प्रदान गरिएको भक्त बिबिका केन्द्रिय सल्लाहकार राज बहादुर चन्दले बताउनु भयो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv