सम्पूर्ण धर्मको आधार नै बेद् हो – पण्डित दिनबन्धु पोखरेल (भिडियो)

काठमाण्डौं,साउन ४ । विश्व भरीकै सम्पूर्ण धर्म को आधार नै बेद् रहेको पण्डित दिनबन्धु पोखरेल ले बताउनु भएको छ । शनिबार पशुपती क्षेत्रको मृगस्थलीमा आयोजित प्रवचन कार्यक्रममा आफ्नो धारणा राख्नु भएको हो ।

वहाँ ले भन्नु भयो “पुर्विय दर्शन के हो भन्ने बारे पश्चिमाहरुले उल्टो ब्याखा गरिरहेको छ । यती मात्र होइन पुर्विय दर्शन भनेको जापानिज या कोरियन दर्शनलाई मान्ने गरे को छ । सम्पूर्ण धर्मको आधार नै बेद् हो यसै बाट सम्पूर्ण जगत चलेको छ । बताउनु भयो ।

“पश्चिमाहरुको निती कस्तो छ त भन्दा ११औं १२औं सताप्दी पछी युरोपियन पश्चिमा दर्शन विश्वमा आयो अली प्रभावशाली भयो ,यो बेला देखी हेर्नुस् पहिले तिनीहरुले लडाई ल्याए त्यो पनि फेल भयो त्यसपछी क्रिस्चानिटी ल्याए त्यो पनि बिस्तारै बिस्तारै फेल हुँदै गएको छ , अर्को कुरा ल्याए कोलोनियलिजम अर्थात उपनिवेशवाद को सिद्धान्त ल्याए कतिपए मुलुक फ्रान्सको उपनिवेश रहे त कतिपए बेलायतको उपनिवेश रहे,कतिपए मुलुक पोर्चुगलको रहयो । कतिपए स्पेनको उपनिवेश रह्यो । त्यसले गर्दा उनिहरुले उपनिवेशबाद ल्याए त्यो पनि फेल हुँदै गयो । अहीले मोडनिजम भन्ने ल्याए त्यो पनि फेल हुँदै गयो । त्यसपछी कम्युनिजम ल्याए त्यो पनि ७० बर्ष भन्दा बढी टिकेन विश्वमा । क्याप्टलिजम भन्ने आको छ उनीहरु परिक्षण कालमा छन । तर बैदिक दर्शन कुनै पनि समय संसोधन,सुधार र बिकास भएको छैन जे थियो त्यो मौलिक थियो । ” बताउनु भयो । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv