धनगढीका विभिन्न तीन ठाउँमा बिहानै भेटिए प्रेसर कुकर बम

धनगढी, साउन ६ । धनगढीका विभिन्न तीन ठाउँमा मंगलबार बिहान भेटिएका प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । धनगढीस्थित सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालयको गेट बाहिर, आर्थिक मामिला तथा योजना र भौतिक पूर्वाधार विकास मन्त्रालय (सँगै रहेका भवन) अगाडि र प्रदेशसभा नजिक पार्कमोडमा प्रेसर कुकर बम फेला परेको थियो ।

कैलालीकै लम्कीचुहा नगरपालिको कार्यालय अगाडि पनि सोही प्रकारको बम भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक बिष्टले बताए । सेनाको टोली डिस्पोज गर्न त्यसतर्फ हिँडेको बिष्टले बताए । बम कसले राख्यो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । समाचार कान्तिपुर दैनिक ले छापेको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv