रुपा र कृष्ण वली बाबु आमा बने पछी

काठमाण्डौं,साउन ८ । रुपा र कृष्ण वली अभिभावक बनेका छन् । रुपाले पुत्रलाई जन्म दिएकी छन् । कृष्णले बुवा बनेको भन्दै आफ्नो खुसी सार्वजनिक गरेका छन् । उनीहरु अभिभावक भएको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बधाई दिनेको ओइरो लागेको छ । यो जोडी सामाजिक सञ्जालमा निकै भाइरल जोडी हो । उनीहरुको जिवनको संघर्ष मानिसको जिवनका लागि प्रेरणा दिने खालको छ । रुपा र कृष्ण कलियुगका लागि राधा र कृष्णका जोडी हुन् भन्दा पनि फरक पर्दैन ।

निकै अप्ठेरो अवस्थामा रुपाले कृष्णलाई साथ दिएकी छन् । उनको मायाका कारणले नै कृष्णले आफ्नो जिवनको सबैभन्दा दुखद् अवस्थावाट पार भएका छन् । उनीहरु अहिले आफ्नो जिवनलाई निकै उल्लासपूर्ण तरिकाले बिताएका छन् ।

दुर्घटनामा हात र खुट्टा गुमाएका कृष्णलाई रुपाको माया र साथ नै जिउने आधार बन्यो । एक अर्कालाई निकै माया गर्ने यो जोडीलाई यति ठूलो दुर्घटनाले पनि छुटाउन सकेन । हात खुट्टा गुमाएका कृष्णलाई रुपाले माया, साथ र हौसला दुवै दिइन् । सामाजिक सञ्जालमा चलेको अभियानका कारण उनीहरुले आर्थिक सहयोग पाए । देश र विदेशवाट आशिर्वाद र माया पाए । अहिले कृष्णले कृतिम खुट्टा लगाएका छन् ।
आफ्नो जिवनमा आएको सबैभन्दा खुसीको क्षण सार्वजनिक गर्दै रुपाले गत जेठ महिनामा आफु गर्भवती भएको जानकारी दिएकी थिइन् । उनले आफुलाई आशिर्वाद दिन भनेकी थिइन् । उनी गर्भवती भएको खबर आफ्ना फ्यानहरुलाई बाँडेकी हुन् । आफ्नो दुखको समयमा पनि साथ दिएका शुभचिन्तकहरुका लागि खुसीको कुरा भन्दै उनले गर्भवती अवस्थाका तस्बिर सार्वजनिक गरेकी थिइन् । ति तस्विरमा हजारौंले बधाई दिएका थिए । उनीहरुको खुसीमा खुसी ब्यक्त गरेका छन् ।

यो उनीहरुको खुसीमा लाखौं मानिसको साथ समर्थन र सहयोग छ । त्यसैले यिनीहरु एक भाग्यमानी जोडी पनि मान्न सकिन्छ । जिवनमा आएको एउटा ठूलो विपत्तीको सामना गर्न उनीहरुलाई लाखौं मानिसको साथ र समर्थन प्राप्त भयो । सबैको सहयोगका कारण नै यो सम्भव भएको हो । उनले आफ्नो विवाहको तेस्रो वार्षीक उत्सवका अवसरमा गर्भवती अवस्थाका तस्बिर सार्वजनिक गरेका थिए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv