संसद अधिवेशन बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदा गरौं – डा. बाबुराम भट्टराई (नेता जनता समाजवादी पार्टी)

काठमाण्डौं, साउन ९ । जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले संसद अधिवेशन बोलाएर प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई बिदा गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा टुइट गर्दै डा भट्टराईले देश गम्भीर संकट तिर गइरहेको र लोकतान्त्रिक ढंगले संकट मोचनका लागि संसदको अधिवेशन बोलाई केपी ओलीलाई प्रधानमन्त्रीबाट बिदा गरेर नेकपाबाटै अर्को प्रधानमन्त्री बनाउनु पर्ने बताएका हुन ।

त्यस्तै उनले महान्यायाधीश चोलेन्द्र शमसेर जबरामाथि महाअभियाेग लगाउन प्रस्ताव गरेका छन् । यसका साथै उनले भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जान पनि प्रस्ताव गरेका छन् ।

श्रीमतीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलापछि सर्वोच्च अदालतको चर्को आलोचना भइरहेका बेला बाबुरामको यस्तो भनाइ आएको हो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv