रुख रोपौ बन जोगाऔ भन्ने सन्देश सहित सिरहामा बृक्षारोपण सम्पन्न

सिरहा,साउन १२ । रुख रोपौ बन जोगाऔ भन्ने सन्देश सहित गोलबजार नगर पालिका १ मुक्सार स्थित मितेरी सामुदायिक बन उपभोक्ता समितिले आज आफ्नो वन क्षेत्रमा बृक्षारोपण सम्पन्न गरेको छ ।

चुरे क्षेत्रमा फैलिएको सामुदायिक बनमा आस्रित अधिकास उपभोक्ताले बाख्रा पालन गर्दै आएको र पछिल्लो समय चरी चरणमा अप्ठ्यारो अवस्था भोग्दै आएकोले प्राकृतिक वनमा बृक्षारोपण गर्न परेको जानकारी सो सामुदायिक बनका अध्यक्ष श्री पुर्ण बहादुर शाही ठकुरीले बताउनु भयो ।

अमला , जमुना , शिरीष , मलेसियन सखुवा , चाईनिज भिक्स , खमारी (गमाइर) लगाएत विभिन्न डाले घाँस प्रजातिका लगभग ६,००० बिरुवाहरु सब डिभिजन बन कार्यालय गोलबजारले उपलब्ध गराएको थियो । सो बृक्षारोपन कार्यक्रममा १५० जना भन्दा बढि उपभोक्ताहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा सामुदायिक बनका सचिब जानुका शाही ठकुरीले सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिदै आगामी दिनहरुमा नगर पालिका संग सहकाॠ गर्दै आय मुलक कार्यक्रमहरु संचालन गर्ने लक्ष रहेको साथै चुरे क्षेत्रमा गरिने यस्ता कार्यक्रमहरुले तल्लो क्षेत्रहरूमा पानीको स्रोत बढाउने बताउनु भयो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv