महिला अधिकारकर्मीको आक्रोस एसिड आक्रमण गर्नेलाई गोली ठोक (भिडियो सहित)

काठमाण्डौं,साउन १३ । एसिड फ्यांक्नेलाई नक्कली बन्दुक भनेर सक्कली गोली ठोक भन्दै पवित्रा कार्की लाई एसिड हान्ने लाई कडा कारवाही होस् भनी आज माइतिघर मण्डलामा सारा फाउण्डेशनले बिरोध कार्यक्रमको आयोजना गर्‍यो ।

सारा फाउण्डेशनको आयोजनामा भएको उक्त कार्यक्रममा महिला अधिकारकर्मी र विद्यार्थीहरुको उपस्थिती रहेको थियो । देशमा बिभिन्न समयमा महिला माथि भै रहेको अन्याय अत्याचार , बलात्कार र एसिड आक्रमण जस्ता जघन्य अपराध गर्ने अपराधी लाई कुनै पनि हालतमा सामान्य सजायबाट उन्मुक्ती दिन नहुने बताएका छन । आवश्यकता अनुसार कानुन मा संसोधन ल्याएर भएपनी त्यस्ता अपराधी लाई कडा भन्दा कडा सजाय हुनु पर्ने जोड दिएका छन ।

करिब २ घण्टा सम्म माइतिघर मण्डलामा उनीहरुले पवित्रा कार्कीलाई न्याय देउ भन्दै ब्यानर बोकेर प्रदर्शन गरेका थिए । संयोजक सर्मिला थापाले सो कार्यक्रममा सम्बोधन गर्दै अपराधीलाई उन्मुक्ती दिने अवसर दिन नहुने र पीडित पक्षको साथमा रही न्यायका लागि एक्यबद्धता जनाएको बताएकी छिन् । हेर्नुहोस् भिडियो:-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv