होसियार बाईक दुर्घटनाबाट यस्तो हुन्छ शरीर : आर्थिक अभावका कारण उपचार नपाउँदा बेवारीसे भए नरेश (भिडीयो सहीत)

काठमाण्डौं,साउन १५ । साथीले बोलाएर भेट्न जाँदा बाइक दुर्घटनामा परेका नरेश सिलवाल यतीबेला आर्थिक अभावका कारण उपचार नपाउँदा बेवारीसे जीवन जिउन बाध्य छन । आज उनको शरीरको दाहिने हात र खुट्टा भाँचिएको छ । हातको तत्कालै उपचार गर्नुपर्ने छ तर उनी सँग दैनिक छाक टार्ने रुपैँया छैन । उपचार केले गर्ने कसरी गर्ने भनी भौंतारीरहेका सिलवाल रुँदै आफ्नो अवस्था बारे हामीलाई बताउनु भयो ।

उमेर ले ३७ नाघेका सिलवाल घरका कान्छा छोरा हुन । परिवार बसाउन घरजम गरे पनि सम्बन्ध बिक्षेद गरेर एक्लै बस्दै आएका नरेश आफ्नो दक्षिणकालीमा रहेको सानो कटेरो छाडेर काम खोज्न पोखरा पुगे । पोखराको मासु पसलमा उनले मासुकाट्ने काम पाए । त्यही कामले जीवन धान्ने सपना देखेका उनको जीवनमा अचानक यस्तो बाढी आयो कि त्यो दिन देखी आज सम्म बेवारीसे र जिउँदो लास जस्तै जीवन जिउन वाध्य भए ।

परिवारमा आर्थिक सम्पन्नता नभएकै कारण आज उनी आफ्नो उपचारमा लाग्ने ५ लाख पनि जोड्न सकेका छैनन र ट्रमा सेन्टरमा थालिएका छन । हेर्नुहोस् भिडीयो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv