सामाजिक संजालमा एकाएक भाईरल भएका अर्जुन बिक को जीवन यस्तो (हेर्नुहोस् भिडियो)

सामान ओसार्ने रिक्सा चालक २४ बर्षिय अर्जुन बिक सामाजिक संजालमा एकाएक भाईरल भएका छन । उनको २ बर्षिय छोरा बिकासलाई पिठियुंमा सर्टले बेरेर बोकी काम गर्न हिंडेको तस्बिर भाईरल भएको हो ।

खेलकुदमा ताईकाण्डोका ३ डन समेत रहेका बिक लकडाउन मा परिवारले छाडेपछी एक्लै भएका हुन र आफ्नो छोरा बिकास सँगै राखेका छन । घरका पारिवारिक झगडाले श्रीमतीले छाडेर गएको बताए ।

कलाकार बन्ने चाहना बोकेर काठमाण्डौ आएका बिक एक बर्ष पहिले शुटिङ लाइनमा काम गर्ने गर्थे जीवनमा निकै दु:ख पाए त्यसपछी उनले त्यही रिक्सामा कुरकुरे बेच्न थाले तर लकडाउनले उनको त्यो ब्यवसाय पनि बन्द भयो र अहिले केही काम नपाए पछी फर्निचरका सामान बोक्न थाले । त्यसै बेला कसैले उनको त्यो बच्चा बोकेको फोटो सामाजिक संजालमा भाईरल भयो ।

सूटिङ स्पटमा काम गर्ने बेला उनले नेपाली चर्चित कलाकार पल शाह देखी धेरै कलाकारलाई खाना खुवाएको भने । भबिस्यमा गायक बन्ने रहर भएको र रकम जम्मा भयो भने पक्कै एउटा गीत निकाल्ने उनले भने । हामीले उनको जीवनको अतित बर्तमान र भबिस्यका बारेमा जिज्ञासा राखेका थियौं । हेर्नुहोस् भिडियो:-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv