कार्टुनमा भेटिएकी बच्चा र आमालाई न्वारनको दिन रासन देखी भाले सम्म उपहार (हेर्नुहोस् भिडियो )

करिब एक हप्ता अगाडि कपनमा बिस्कुटको कार्टुनमा फेला परेकी बालिकाको न्वारन गरिएको छ । उनको आइतबार बिहान हिन्दू परम्परा अनुसार धार्मिक बिधी सहित न्वारन गरिएको हो ।

ब्राह्मणले उनको नाम रितिका राखेका छन । तर यस अघी उनलाई पुष्पा अधिकारीले प्राप्ती नाम राखेर सम्बोधन गर्नु भएको थियो ।

बिहानै देखी यहाँ सहयोग गर्न आउने र भिडियो खिच्नेको चहलपहल देखिएको छ । तर यसै समयमा कोही रासन बोकेर आएका छन त कोही भाले ।

उपहार जे जती बोकेर बच्चालाई भनी ल्याए पनी सबै महिलाको एउटै आवाज थियो । आफुले जन्माएको बच्चालाई त्यसरी छोड्न नहुने । एक महिलाले भनिन “आमाको होला कुनै बाध्यता तर त्यस्ता बाध्यताको सामना गर्न सक्नु पर्थ्यो । समाजमा अझै पनि धेरै सहयोगी मन भएकाहरु छन जसको कोही हुन्न उसको भगवान छन भन्ने बुझ्नु पर्ने बताउनु भयो ।

हेर्नुहोस् यो भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv