सविन भट्टराई र बिमल गौतमको र्‍याप गीत ‘बाउन्स ब्याक’को भिडियो सार्वजनिक

काठमाडौं : गायक तथा सर्जक सविन भट्टराई र बिमल गौतमको स्वर रहेको उत्प्रेरणा मुलक र्‍याप गीत ‘बाउन्स ब्याक’को भिडियो सार्वजनिक भएको छ । सविन भट्टराई कै शब्द, बिमल गौतमको संगीत र सन्जु सुनुवारको संगीत संयोजन रहेको उक्त गीतकाे भिडियाे Singer Jhuma Niroula नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सविनले यस भन्दा अगाडि आफ्नै शब्द तथा स्वरमा बजारमा ल्याएको ‘इस तलाई भोट’ बोलको र्‍याप गीतले पनि सर्बत्र चर्चा कमाउन सफल भएको थियो । उक्त गीत चुनाव नजिकै रिलिज भएको र गीत जनताको पक्षमा भएकोले बिभिन्न ब्यक्तिबाट आफुलाई गीत हटाउन दवाब समेत आएको सविनको भनाइ छ । तर यस पटक भने अालाेचनात्मक भन्दा पनि अलि फरक उर्जाशिल सृजना रहेकाे सर्जक भट्टराई बताउँछन्।

आफ्नो पहिलेको गीतमा जस्तै ‘बाउन्स ब्याक’लाई पनि दर्शक स्रोताले मन पराउनेमा आफु ढुक्क रहेको सविनले बताए । जीवन उपयाेगी,उत्प्रेरणा तथा उर्जाशील यस गीतले विश्व भर फैलिएको कोरोना भाईरस (कोभिड -१९) ले निरास भएका मानिसहरुलाई उत्प्रेरणा प्रदान गर्ने समेत सविनको भनाइ छ । 2D एनिमेसन तथा ग्राफिक्स डिजाईन द्वारा द्वारा तयार गरिएकाे यस भिडियाेकाे भिजुअल ग्राफिक्स निराजन सिंह ठकुरी,निर्देशन नारायण तिमल्सिना गाेर्खालीले गरेका हुन् भने मिसन ईन्टरटेनमेन्ट प्रा.लि. ले पाेष्ट प्राेडक्सन तथा निर्माण गरेकाे हाे। पुरा भिडियो हेर्नुहोस् :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv