बाल गृह कि संचालिकाको नाटकले उब्जाएको प्रश्न, अब के होला अरु बालबालिकाको अवस्था ?

काठ्माण्डौं,साउन २० । श्रावण १२ गते कपनमा भेटिएकी बच्चाको सामाजिक संजाल र युट्युबमा निकै चर्चा चल्यो । आफु पनि त्यही संचार पेसाको भएकोले एक पटक उक्त बाल गृहमा भेट्ने चाहना बढ्यो तर तत्काल जाने समय नै मिलेन र साउन १८ गते न्वारनको दिन म र अनलाइन टिभी नेपालका नवराज जी सहित त्यहाँ पुग्यौं । बिहानै देखी भिडियो लिने साथीहरुको भिड थियो । उक्त बाल गृहमा काम गर्ने र बस्ने सबैको अनुहारमा फरक चमक देखिन्थ्यो ।

कोही कुखुरा,कोही रासन त कोही बालबालिकालाई दिन मिल्ने चाउचाउ कुरकुरे बोकेर आएका थिए । त्यहाँ रहेका स-साना नानीहरुले हात जोडेर नमस्कार गरी स्वागत गरी रहेका थिए । यो त कुनै नौलो कुरा होइन कि जहाँ पूजापाठ हुन्छ त्यस्तो ठाउँँमा वा अन्य कुनै सभा सम्मेलन आयोजक को तर्फ बाट स्वागत नहुने त कुरै भएन ।

बच्चाको अनुहारको उज्यालोपन र सोही दिन राखिएको अवस्था हेर्ने हो भने अती नै संकास्पद देखिन्थ्यो । अन्तत: सो साबित भयो । आज बाल गृह कि संचालिका पुष्पा अधिकारी र बिस्कुटको कार्टुनमा फ्याँकिएकी भनिएको बच्चाको वास्तविक आमालाई बौद्ध प्रहरी प्रभागमा राखिएको छ ।

फेरी एक पटक सामाजिक सेवामुलक भिडियो बनाएर चर्चा कमाएका “नयाँ नयाँ न्युज नेपाल”का शिशिर भण्डारी,”तात्तातो खबर”का भाग्य न्यौपाने र “माईक्रोलिन्क मुभि मिडिया”का भोज राज थापा प्रति पनि संका उब्जिएको छ ।

हो उनिहरुको सेवा मुखी खोजमुलक भिडियो संसारभरका नेपालीहरुले हेर्छन र भिडियोमा देखिएको दु:ख,आर्थिक अभावमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई सहयोग प्राप्त हुन्छ । यही सहयोगको बाटो अपनाई बाल गृह कि संचालिका पुष्पा अधिकारीले मिडियाकर्मीहरुलाई बोलाई पहिलो भिडियो बनाएकी होलिन ।

मैले यती लेखी रहँदाको तात्पर्य के भने हामी संचार जगतको भरपुर प्रयोग गर्नेहरु र ती ब्यक्तीहरुको पहिलो रोजाईमा परेका बेला कुनै पनि समाचार होस या भिडियो बनाउन सहयोग माग गर्नेहरुको सत्य तथ्य नबुझी श्रब्य दृश्य (भिडियो) बनाएर चर्चा ल्याउनु आफ्नो खुट्टामा आफै बन्चरो हाने झैं हो ।

त्यसैले, यस्ता हल्ला फैल्याउने र स्रोत पत्ता नलगाउन सकिने भिडियो बनाएर आमनागरिक सामु आफुलाई लज्जित बनाउनु आफ्नै पेसा र ब्यवसाय प्रती धोका दिनु सरह हो ।

अन्तत: सामाजिक संजालको सही सदुपयोग गरौं, आफ्नो पेसागत मर्यादा नभुलौं । जुन पेसाले घरको रोजीरोटी चलेको हुन्छ त्यस्तो पेसाको दुरुपयोग गरी आमनागरिकको भावना सँग नखेलौं र आर्थिक सहयोगका नाममा होस् र आफुले चलाएको युट्युब भिडियोको भ्युज ब्रेक गर्ने होडवाजी नगरौं ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv