नवलपरासीमा बुद्व शान्त पार्क निर्माणको तयारी सर्वत्र सहयोगको अपिल

काठमाण्डौं,साउन २९ । श्री बुद्व शान्त पार्क निर्माण समितिले नवलपरासीमा निर्माणाधिन अवस्थामा रहेको बुद्व शान्त पार्कको निर्माणको तयारी गरेको छ ।

यसै शिलसिलामा तयारी अवस्थामा रहेको बुद्ध मुर्तीलाई अवलोकन गर्न पुर्व कानुन मन्त्री दिनबन्धु अर्याल मंगलबार ललितपुरको हात्तीबन स्थित मुर्ती बनाउने कारखानामा पुग्नु भएको थियो ।

उक्त अवसरमा सो समितीका अध्यक्ष र अन्य पदाधीकारीको उपस्थितीरहेको थियो ।

३० रापनी जग्गमा निर्माण भइरहेको बुद्व पार्कमा महादेवको मूर्ति स्थापना भइसकेको छ । सोही क्षेत्रमा बुद्वको मूर्ति निर्माणाधिन अवस्थामा रहेको र पूर्णरुपले स्थापना गर्नका लागी सक्दौ सहयोगको आपेक्षा राखिएको छ । नेपालको प्रतिक र लाइट अफ एशिया गौतम बुद्व र हिन्दू धर्मको सर्वश्रेष्ठ मानिने महादेवलाई एक ठाउँमा स्थापना गरी सम्पूर्ण विश्वको ध्यान केन्द्रित गर्ने लक्ष्य समितिको रहेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv