एक हप्तामा फिर्ता ल्याइदिन्छौं भनेर लगिएका ११ बालबालिका कहाँ छन् ? खुल्यो यस्तो गम्भिर रहस्य (भिडियो हेर्नुस्)

बुढानिकण्ठ नगरपालिका वडा नं ११ कपनमा रहेको केयर बालगृह बाट ११ जना बालिकाहरुलाई राष्ट्रिय बाल अधिकार परिषद्का कर्मचारीहरुले ज’बर’जस्ती बिना कुनै लिखित प्रमाणका साथ लगेको भन्दै ती बालिकाहरुको अवस्था तत्काल सार्वजनिक गर्न सरकारसमक्ष माग गरिएको छ ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर केयर बालगृहले बालिकाहरुको अवस्थालाई तत्काल सार्वजनिक गर्न सरकारसमक्ष माग गरेको हो । गत साउन २१ गतेका दिन केयर बालगृहमा रहेका ११ जना बालिकाहरुलाई परिषदका कर्मचारीहरु आई ज’ब’र्जस्ती खुट्टामा चप्पलसमेत लगाउन नदिई उठाएर लगेको र ती बालिकाहरुलाई किन र के कारणले लिएर गएको ? हो भन्दै आपत्ती जनाउँदै सरकारलाई उक्त विषयमा तत्कालै पहल गर्न र ती बालिकाहरुको अवस्थालाई सार्वजिनक गर्न आग्रह गरिएको छ ।

कार्यक्रममा बोल्दै केयर बालगृहकी सचिव रुपा अधिकारीले साउन २१ गते परिषद्का कर्मचारीहरु आई ज’बर’जस्ती बालिकाहरुलाई लगेको आरोप लगाएकी छिन् । उनले भनिन्,‘राष्ट्रिय बाल अधिकार परिषद्का कर्मचारीहरुले बिना कुनै प्रमाण बालिकालाई एक हप्ताभित्र ल्याईदिन्छौं भनेर लगेका थिए । आज ११औँ दिन बितिसक्दा पनि ती बालिकाहरुको कुनै खबर आएको छैन । उनले निश्पक्ष छानविन गर्दै सार्वजनिक गर्न समेत सरकार सँग माग गरिन् ।

त्यस्तै बाल अधिकार सुनिस्चित होस् र सरकारले राखेको भनेको बालिकाको अवस्था सार्वजनिक होस् भनी रिपोटर्स क्लबका अध्यक्ष ऋषी धमला ले सरकार समक्ष अनुरोध गर्नु भयो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv