७ बर्षिय ट्युमर क्यान्सर पीडित बालकलाई सहयोगी मनहरुको समाजबाट सहयोग

काठमाण्डौं,भदौ ५ । सहयोगी मनहरुको समाज काठमाण्डौ नामक संस्थाबाट कैलालीका कर्ण बहादुर खत्रीका ७ बर्षिय कान्छा छोरा ट्युमर पीडित बालकलाई सहयोग गरिएको छ ।

शुक्रबार काठमाण्डौको टिचिङ अस्पातलमा उपचार गराइ रहेका बालकका बुवा कर्ण बहादुर खत्रीलाई “सहयोगी मनहरुको समाज काठमाण्डौं” का महासचिव हरी मानन्धर ले २५ हजार रुपैंया हस्तान्तरण गर्नुभएको हो ।

संस्थामा सहयोगका लागि निवेदन परेपछी सम्पूर्ण सदस्यहरुबाट संकलन गरेको सहयोग रकम पीडितलाई उपलब्ध गराएको महासचिव मानन्धरले बताउनु भयो । “हामीले यस्तै असाय दिन दु:खी पीडित र आर्थिक अवस्था कमजोर भई उपचार गराउन नपाएकाहरुलाई सहयोग गर्दै आएका छौं । आज ७ बर्षिय बाबुलाई अपरेशनमा सहयोग गर्न पाएकोमा बढि गर्व लागेको छ । सहयोगका लागि सहयोगी मनहरुको समाज केन्द्र काठमाडौं र ईजरायल च्याप्टरलाई पनि सम्झन चहान्छु ।” भन्नु भयो ।

ट्युमर क्यान्सर पीडित बालकको हाल कान्ती बाल अस्पातल र टिचिङ अस्पातलमा उपचार भई रहेको छ । सहयोगका लागि संपर्क – कर्ण बहादुर खत्री, फोन नम्बर:-९८६४६४६४६०



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv