धार्मिक परम्परा अनुसार नै अन्त्येष्टि गरिनु पर्ने भन्दै विश्व हिन्दू परिषद ले निकाल्यो यस्तो बिज्ञप्ती

काठमाण्डौं,भदौ ७ । विश्व आज कोरोना महामारीबाट ग्रसित भैरहेको छ । हाम्रो देश नेपाल पनि यस महामारीसँग जुधिरहेको अवस्था छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारद्वारा जारी गरिएको निर्देशनहरुको सम्पूर्ण देशबासीले आ–आफ्नो स्तरबाट पालना गर्दै आइरहेकै छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड १९ का कारण मृत्यू भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धि संक्षिप्त कार्यविधि २०७६ लाई थप परिष्कृत गरी संसोधन गरिएको छ । सोही कार्यविधिको परिच्छेद २ मा कोभिड १९ का कारण मृत्यू भएको शवलाई परम्परा देखि चलिआएको अन्त्येष्टि गर्ने स्थानमा नै विशेष सावधानी अपनाई अन्त्येष्टि गर्नु पर्छ भनी उल्लेख गरिएको छ । सोही कार्यविधिको परिच्छेद ५ मा पनि मृतकको धार्मिक परम्परा अनुसार शवको सम्मान गर्दै निजका आफन्तहरुलाई समेत सुरक्षित राख्नु पर्दछ भनी उल्लेख गरेता पनि हाल कोभिड १९ बाट मृत्यू भएको शवलाई नेपाल सरकारद्वारा जारी गरिएको निति नियम तथा हिन्दू धार्मिक परम्परा विपरित शवलाई गाडने कार्य भैरहेको प्रति विश्व हिन्दू परिषद नेपाल लगायतका धार्मिक संस्थाहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।

कोभिड १९ बाट मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनको सेनालाई जिम्मा दिईएको छ । सेनाले अस्पतालबाट प्लास्टिकमा बेरेर शवलाई निर्जन ठाउँमा गाडने गरेको छ, जहाँ परिवाको वा आफन्त कोही हुदैन । यस किसिमको कार्यबाट जनभावना आहात हुने हुदाँ जनभावना एवं सरकारको निति नियम समेतको कदर गर्दै कोभिड १९ बाट मृत्यू भएको व्यक्तिको शवलाई धार्मिक परम्परा अनुसार नै अन्त्येष्टि गर्नुपर्ने व्यवस्था मिलाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछौँ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv