जहाज भाडा कटौती गर्दै भदौ १७ गते देखी अन्तरराष्ट्रिय उडान शुरु हुने

काठमाण्डौं,भदौ १२ । ६ महिना पछि उडान खुला भएपछि सुचारु हुने जहाज भाडामा पनि केही कटौती हुने भएको छ । चार्टर गरेर उडान गर्दा भन्दा नियमित उडानमा केही सस्तो भाडा हुने बताइएको छ । तर अहिले तत्कालका लागि एक तर्फी रुपमा मात्र उडान हुने भएकाले पहिलेकै अवस्थाको भाडादर भने हुनेछैन ।

नियमित दुई तर्फी उडान सुचारु भएपछि मात्र पहिलेकै जस्तो भाडादर हुने बताइएके छ । सकरारले गत भैत १० गते देखि बन्द गरेको अन्तराष्ट्रिय उडान भदौ १७ देखि नियमित गर्ने निर्णय गरेको छ । पिसिआर सहज भएका ८ वटा मुलुकमा उडान सुचारु हुन लागेको हो ।

चार्टड उडानको तुलनामा केही सस्तो भाडादर राखेर उडान सुचार गर्न लागिएको हो । लामो समय सम्म हवाई उडान बन्द हुँदा अर्थतन्त्रमा ठूलो प्रभाव परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ १७ देखि नियमित दुई र एक चार्टर्ड उडान गर्ने तालिका सार्वजनिक गरिसकेको छ ।

‘१७ गतेदेखि नियमित उडान भने पनि एकतर्फी मात्रै यात्रु हुने भएकाले सामान्य अवस्थाको जस्तो भाडादर हुनेछैन । नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले चार्टर्ड उडानको भन्दा भाडा दरमा केही फरक हुने बताएकी छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ८ देशमाथिको उडान प्रतिवन्ध खुला गरेको हो । अब मलेसिया, टर्की, दक्षिण कोरिया, जापान, चीन, हङकङ, यूएई र कतारमा नियमित उडान हुने भएको छ । सुरुमा एक महिना खुला गर्ने र त्यस पछि अवस्था हेरेर थप निर्णय गर्ने भएको छ । सेप्टेम्बर १ देखि नियमित उडान सुचारु गरेपछि थप निर्णय एक महिना पछि हुने मन्त्रालयले जनाएको छ ।

पिसिआर परिक्षण सहज हुने मुलुकमा पहिलो चरणमा उडानका लागि छनौट गरिएको हो । तर यी देशबाट पनि पर्यटक र गैरआवासीय नेपाली भने आउन पाउने छैनन् ।

नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारी, विकास साझेदारी संघ संस्थाका कर्मचारी तथा प्रतिनिधि मात्र आउन पाउने छन् । त्यो पनि सरकारी आमन्त्रणमा मात्र आउन पाउने छन् । चीनका ३ शहरमा पनि उडान हुने भएका छन् । चुङछिङ, ग्वाङझाउ र छेन्दुमा उडान हुने भएको हो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv