कोरोनाले लियो स्वास्थ्यकर्मीकै ज्यान, श्रीमती पनि संक्रमित

काठमाण्डौं,भदौ १५ । कोरोनाका कारण एक जना स्वास्थ्यकर्मीको निधन भएको हो । महोत्तरीको मनरासिसवा ४ का ४० वर्षीय हेल्थ असिस्टेन्टको कोरोनाका कारण निधन भएको हो ।

स्थानीय स्तरमै निजी क्लिनिक सञ्चालन गरेका स्वास्थ्यकर्मी भदौ ७ गते देखि विरामी भएका थिए । उनलाई घरमै राखेर उपचार गरिएको थियो । तर स्वास्थ्य अवस्था विग्रदै जान थालेपछि वीपी कोइराला विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उनको उपचारका क्रममा भदौ १२ गते वीपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा निधन भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका बरिष्ट अधिकृत विजय झाले जानकारी दिएका छन ।

उनकी श्रीमती समेत कोरोना संक्रमित भएको र उनको पनि धरानमै उपचार भइरहेको छ । कोरोनाका कारण ज्यान गुमाएका ति स्वास्थ्यकर्मीलाई अन्य कुनै रोग थियो वा थिएन भन्ने कुराको विस्तृत विवरण आएको छैन । अधिकृत झाले त्यसवारे बुझ्ने काम भइरहेको नजाएका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv