अस्ताए बामपन्थी नेता कमाण्डर ‘कुबेर’

कोहलपुर,भदौ १९ । बाँकेका बामपन्थी नेता रामबहादुर शाही ‘कुबेर’ को ६३ वर्षको उमेरमा निधन भएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादीद्धारा सञ्चालित जनयुद्धमा प्रत्यक्ष सहभागी भएका शाहीको बिहीवार बिहान उपचारकै क्रममा निधन भएको हो ।

शाहीले जनयुद्धका क्रममा राजनीतिक कार्यकर्ता साथै एक कुशल स्वास्थ्यकर्मीका रुपमा समेत भुमिका निर्वाह गरेको नेकपा कोहलपुर नगर कमिटीका सचिव तुला राज बिष्ट बिहानीले जानकारी दिए ।

शाही विगत लामो समय देखि कलेजो सम्बन्धि रोगबाट पिडीत थिए । ६३ वर्षिय शाहीको उपचारकै क्रममा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा निधन भएको पारीवारीक श्रोतले जनाएको छ ।

राष्ट्रिय युवा संघ नेपाल बाँकेकी नेतृ एवं नेकपा कोहलपुर नगर कमिटी सदस्य गिता शाहीका बुवा समेत रहेका शाही दैलेखबाट बसाई सरी बिगत लामो समय देखि कोहलपुर ११ मा बस्दै आएका थिए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv