कर्फ्यु नसकिंदै ललितपुर जिल्ला प्रशासनले जारी गर्‍यो अर्को यस्तो नियम

ललितपुर,भदौ १९ । ललितपुर महानगरपालिका भित्र ६ दिनसम्म पाँच जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । कर्फ्यू आदेश सकिनु अघि ललितपुर जिल्ला प्रशासनले अर्को सूचना जारीगरी सो कुरा जनाएको हो ।

ललितपुर नगरपालिकाभित्र शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको थियो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले स्थानीय प्रशासन ऐन २०२८ अनुसार बढी मानिस भेला जम्मा हुन नपाउने गरी निषेधाज्ञालाई नै कडा बनाइएको बताए । ‘निषेधाज्ञालाई कडाइसाथ पालना गर्ने गरी हाललाई पाँच जनाभन्दा बढी भेला हुन नपाउने गरी कर्फ्यू खुलाउने निर्णय भएको छ,’ उनले सेतोपाटीसँग भने।

भट्टका अनुसार भेला हुन नपाउने केही स्थानहरू लिखित रुपमै तोकिएको छ। जसअनुसार रातो मच्छिन्द्रनाथ रथ रहेको आसपास क्षेत्र पूर्व मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिम ललितपुर महानगरपालिका कार्यालय, दक्षिण सेन्ट जेभियर्स स्कुल अगाडिको चोक (अल्का मोड) र उत्तर बखुण्डोल चोकमा भेला-जम्मा हुन पाइने छैन।

यस्तै, मीननाथको रथ रहेको आसपास क्षेत्र- पूर्व मंगलबजार चोक, पश्चिम मदन स्मारक स्कुल अगाडिको चोक, दक्षिण पूर्णचन्डी मन्दिर र उत्तर पिपवहालसम्म भेला जम्मा हुन पाइने छैन।

बिहीबार रातो मच्छिन्द्रनाथको रथ जबरजस्ती तानेर स्थानीयले पुल्चोकसम्म ल्याएपछि झडप भएको थियो। सयौं मानिसहरू निस्केपछि शुक्रबार प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv