हिमालय एअरलाइन्स् द्धारा नियमित उडानको भाडादर सार्वजनिक

काठमाण्डौ,भदौ २० । सेप्टेम्बर ०१, २०२० मा नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान पुनः संचालन गर्ने निर्णय गरे पश्चात हिमालय एअरलाइन्स्ले सहजैे पि.सी.आर. उपलब्ध गन्तव्यहरु ( छोड्ंछिडं, क्वालालम्पुर र आबुधावीको उडानहरु संचालन गर्न अनुमति प्राप्त गरेको छ । पि.सी.आर. परिक्षणको उपलब्धता कठिन भएका अन्य उडान वृत्तखण्डहरुमा सरकारको निर्णय अनुरुप नैे चार्टर उडान मार्फत नेपालीहरुलाई स्वदेश फिर्ता गर्ने कार्य सुचारु रहनेछन् ।

उद्घार चार्टर उडान र भाडादर
विदेशमा अलपत्र रहेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउन उद्घार उडानहरुको लागि देहायका सरकारद्धारा स्वीकृत भाडादर लागू हुनेछन् । यी भाडाहरु कर र एजेन्सी कमिशन सहितको हो । तसर्थ, यात्रुहरुलाई प्रकाशित भाडा मात्र तिर्न तथा कसैबाट कुनै प्रकारको अतिरिक्त भाडाको माग भएको अवस्थामा तुरुन्त एअरलाइन्स्लाई जानकारी गराउनु हुन अनुरोध छ । कुनै ट्राभल एजेन्सीले प्रकाशित भाडादर भन्दा बढी भाडा लिएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिनेछ ।

नियमित उडान र भाडादर
नियमित उडानहरुका लागि उपलब्ध सीटहरु ग्लोबल ड्रिस्ट्रीब्युसन सिस्टम ९जी. डी. एस.) बाट बुक गर्न सकिनेछ । ट्राभल एजेन्सीहरुले ग्लोबल ड्रिस्ट्रीब्युसन सिस्टम ९जी. डी. एस.) बाट सीटहरु बुक गर्न सक्नेछन् । नियमित उडानको भाडादर प्रतिस्पर्धी मूल्य निर्धारण, उडान अर्थशास्त्र र बजार स्थितिको अध्ययनका साथ अन्तर्राष्ट्रिय अभ्यासमा आधारित रहेको छ ।
नियमित उडानको भाडादर तल दिइउको तालिकामा उपलब्ध छन् । यी दिइएका भाडादर सम्पूर्ण कर सहितको छ तर यसमा एजेन्सी सेवा शुल्क समावेश गरिएको छैन् । ट्राभल एजेन्सीले उपयुतm सेवा लागू गर्न सक्दछ ।


“कोभिड ( १९ को रोेकथामका लागि सामुहिक लडाईमा हिमालय एअरलाइन्स्ले विभिन्न क्रियाकलापहरु ( जस्तै नागरिकहरुको स्वदेश फिर्ता, कोभिड ( १९ को उपचारका लागि स्वास्थ्य उपकरण तथा औषधीको ढुवानी गरी नागरिक र सरकारलाई सहयोग गरेको छ । आफ्ना अमुल्य यात्रुहरुलाई सेवा प्रदान गर्ने क्रममा सरकारको निर्देशन पालना गर्दै उडान भाडादर उपयुतm राख्ने निरन्तर प्रयास रहनेछ” हिमालय एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले भन्नुभयो ।

गत मार्च २०२० कोे अन्तिम हप्ता देखि कोभिड – १९ को रोकथामका लागि सरकारले अन्तर्राष्ट्रिय उडान स्थगित गरेको थियो । तथापि विदेशमा रहेका नेपालीहरुलाई चार्टर उडान मार्फत स्वदेश ल्याउने कार्यलाई भने अनुमति जारी गरेको थियो । यस अवधिमा जुन १६ देखि अगष्ट ३१, २०२० सम्म ९४ वटा उद्घार उडान मार्फत १५,६३५ यात्रुहरुलाई नेपाल फिर्ता ल्याएको छ ।
कोभिड – १९ महामारीको कारणले भएको बन्दाबन्दीले ५ महिना पछि हिमालय एयरलाइन्स्ले दुवै देशको सुरक्षा प्रोटोकल अनुसरण गर्दै हिजो देखि आफ्नो उडान तालिका पुनः सुचारु गरेको छ ।

हिमालय एअरलाइन्स् प्रा.लि.को बारेमा
नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एअरलाइन्स्, अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो । ‘हिमालय’ शब्दले नेपालको पहाडहरुलाई संकेत गर्दछ, जुन देशको नाम उँचो बनाउन प्रतिबद्ध छ, त्यसरी नै हिमालय एअरलाइन्स् उच्च उडान लिएर आफ्नो नामलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आकांक्षा राख्दछ । सुरक्षा, भरपर्दाे सेवा र समयमै सेवा उपलब्ध गराउने उद्देश्यका साथ स्थापित यस एअरलाइन्स्ले नेपालमा आफ्नो उच्च पहिचान कायम गरिसकेको छ ।

एउटा विमान र एउटा गन्तव्यबाट संचालन सुरु गरेको एअरलाइन्स्ले छोटो अन्तरालमै आफ्नो स्वामित्वमा चारवटा जहाज कायम गर्न र सातवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ । एअरलाइन्स्ले आफ्नो पहिलो उडान मे ३१, २०१६ मा कतारको दोहाको लागि भरेको थियो र तत्पश्चात विभिन्न एशियाली मुलुकहरुमा आफ्नो सञ्जाल विस्तार गरेको छ जस्तैः युएई, मलेशिया, साउदी अरेबिया, बंगलादेश र चीन । अहिले हिमालय एअरलाइन्स्ले अबुधाबी, दमाम, दोहा, ढाका, क्वालालम्पुर, बेइजिङ्ग र छोड्ंछिडं्मा उडान सेवा भर्दै आएको छ । साउदी अरेबियाको दमाममा ऐतिहासिक सञ्जाल विस्तार गरेर साउदी अरेबिया र नेपाल जोड्ने हिमालय एअरलाइन्स् एक मात्र एअरलाइन्स् हो र हाल चीनमा उडान भर्ने पनि एक मात्र नेपाली एअरलाइन्स् हो ।
हिमालय एअरलाइन्स्ले अहिले ८ बिजनेस क्लास र १५० इकोनोमी क्लास सीट भएका तीन ए३२०–२१४ सिरिज र ८ बिजनेस क्लास र १२० इकोनोमी क्लास सीट भएको एक ए३१९–११५ एअरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएको छ । एअरलाइन्स्को निकट भविष्यमा ल्हासा उडान सुरु गर्ने योजना छ ।

व्यावसायिक रुपमा संचालन सुरु गरेको एक बर्षमै हिमालय एअरलाइन्स्ले सन् २०१७ मा दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)को ‘लिडिङ न्यू इन्टरनेशनल एअरलाइन्स् इन साउथ एशिया’ अन्तर्राष्ट्रिय अवार्ड सम्मान प्राप्त गरेको थियो । हिमालय एअरलाइन्स् उत्कृष्टता प्राप्त गर्न र उड्डयन क्षेत्रमा उच्च वृद्धि गर्न निरन्तर गुणस्तरीय सेवाको विकास र सञ्जाल विस्तार गर्न अथक प्रयासमा लागि परेको छ । हिमालय एअरलाइन्स्को परिवार बहुसांस्कृतिक र विविध पृष्ठभूमिबाट गठन भएको छ र ‘अतिथि देवो भवः’ ग्राहक नै भगवान भन्ने बर्षौं पुरानो परम्परालाई मनन् गर्दै विशुद्ध नेपाली सत्कारसहित उच्च गुणस्तरीय ग्राहक सेवा उपलब्ध गराउन प्रतिबद्ध छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv