निषेधाज्ञा बिहीबार देखि एक साताका लागि खुकुलो

काठमाडौँ । काठमाडौँ उपत्यकामा भदौ ३ गते मध्यरातिबाट जारी निषेधाज्ञा भोलि बिहीबारदेखि एक साताका लागि केही खुकुलो बनाइएको छ । उपत्यकामा ३ महिना पछि निषेधाज्ञा खुकुलो बनाईको छ । कोरोनाभाइरस बढ्दै गएपछि भदौ ३ गतेदेखि निषेधाज्ञा जारी गर्दै आएको भएपनि बुधबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञालाई थप खुकुलो बनाउने निर्णय गरेको हो ।

बिहीबारदेखि नै लागू हुने गरी सवारीसाधनमा जोर बिजोर लागू गर्ने तथा ब्यापार पसलहरू साताका तीन दिनसम्म सञ्चालन हुन दिने निर्णय गरेका छन् । यस्तै १६ सिट क्षमता भन्दा माथिका सबै सार्वजनिक सवारी साधन सञ्चालका लागि पनि अनुमति दिइएको छ । तर, सवारीसाधनमा कुल सिट क्षमताको आधा मात्र यात्रु राख्न पाइने छ । यात्रुले अनिवार्य स्यानिटाइजर र मास्क लगाउनु पर्नेछ ।

सागसब्जी, दुध, माछामासुसँग सम्बन्धित पसल बिहान ११ बजेसम्म तथा बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न दिइने भएको छ । निर्माण व्यवसाय र त्योसँग सम्बन्धित पसल तथा व्यवसायहरू दिउँसो २ देखि ७ बजेसम्म खोल्न पाइने भएको छ ।
यसअतिरिक्त कपडा पसल तथा सपिङ मलहरू भने सातामा सोमबार बुधबार र शनिबार मात्र खुला गर्न दिइने जिल्ला प्रशासन कार्यालयहरूले जारी गरेको सूचनामा उल्लेख छ । जसअनुसार खुल्ला स्थानमा भिडभाड हुन, भेला हुन तथा जुलुस गर्न रोक लगाइएको छ भने नित्य पुजापाठ बाहेक धार्मिक स्थलमा अन्य गतिविधि सञ्चालनमा रोक लगाइएको छ ।

यस्तै भिडभाड हुने उद्योग कलकारखाना, व्यापार व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरितका हुने क्रियाकलाप गर्न पनि निषेध गरिएको छ । यसैगरी शैक्षिक संस्थाहरु सञ्चालन गर्न, सुरक्षा मापदण्ड विपरित श्रमिकको ओसारपसार गर्न, सभा, गोष्ठी, तालिम, सेमिनार सिनेमा हल, पार्टी प्यालेस, सैलुन ब्यूटी पार्लर, चिडियाखाना सञ्चालनमा पनि रोक लगाइएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv