काठमाडौंका फोटो पत्रकारलाई राहत

काठमाडौं,भाद्र २५ । कोरोना सङ्क्रमणको न्यूनीकरणका लागि सरकारले विगत ६ महिनादेखि जारी राखेको लकडाउनका कारण समस्यामा परेका काठमाडौंमा फोटो पत्रकारलाई राहत स्वरुप २५ केजि चामल र १ केजी सोयाविन उपलब्ध गराइएको छ । बाग्लुङ समाज कल्याण केन्द्रका उपाध्यक्ष र सुमिला श्रेष्ठ र समाजसेवी सरोज भारीको सहयोगमा १५ जना फोटो पत्रकारलाई चामल उपलब्ध गराएको हो ।

समाजसेवीले उपलब्ध गराएको खाद्यान्न राष्ट्रिय फोटो पत्रकार समूहले आवश्यकताका आधारमा फोटो पत्रकारलाई उपलब्ध गराएको हो । समूहका महासचिव एवं राससकर्मी प्रदीपराज वन्तले लकडाउनका कारण समस्यामा परेका फोटो पत्रकारलाई समाजसेवीले उपलब्ध गराएको राहत उपलब्ध गराइएको जानकारी दिए ।


राष्ट्रिय फोटो पत्रकार समूहले यसअघि ललितपुरको झरुवाराशीमा रहेको बज्र इँटाभट्टामा कार्यरत ६३ श्रमिकको परिवारलाई राहत उपलब्ध गराएको थियो । यस्तै लामो समयदेखि बिरामी पत्रकार तथा लेखक विके पाल्पालीलाई पनि समूहले रु २२ हजार बराबरको औषधि र रु आठ हजार बराबरको खाद्यान्न सहयोग गरेको थियो । राष्ट्रिय जनस्वास्थ विभाग टेकुको सहयोगमा काठमाडौंमा रहेको विभिन्न सन्चार संस्थामा कार्यरत १२५ जना फोटोपत्रकारको पिसिआर टेष्ट गराएका थिए ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv