लापरवाहीमै गयो आमाको ज्यान,अहिले छोरा पनि संक्रमित

काभ्रे,असोज ७ । भुम्लु गाउँपालिका वडा नम्वर २ घर भएकी ५६ बर्षिया महिलाको कोरोनाकै कारण भदौ ३१ गते काठमाडौ मेडिकल कलेजमा उपचार गर्दा गर्दै मृत्यु भएको थियो । आमाको मृत्यु पश्चात छोराको पनि कोरोना जाँच गराउँदा उनी पनि संक्रमित भएका रहेछन् ।

अस्पतालले पहिलो पटक महिलामा गरेको कोरोना परिक्षण समेत नेगेटिभ आएकाले सामान्य अवस्थाबाटै उपचार भईरहेको थियो । दोश्रो पटक अस्पतालले भदौ २७ गते पिसिआर परिक्षणका लागि स्वाव संकलन ग¥यो । २८ गते महिलामा कोरोना पोजेटिभ देखियो । अस्पतालमा उपचारार्थ महिलामा २० दिन पछि कोरोना देखिए पछि अस्पतालको चरम लार्पवाहि भएको परिवारले गुनासो गरेका थिए ।

‘पहिलो पटक नेगेटिभ रिपोर्ट आएर निरन्तर उपचार भईरहेको अवस्थामा दोश्रो पटक त्यहि अस्पतालमा भर्ना भईरहँदा उहाँमा पोजेटिभ देखिनु अस्पतालको लार्पवाहि हो’–महिलाको छोराले भन्नुभयो–‘कोभिड पोजेटिभ भए पछि आमालाई हेर्न र छुन पनि दिईएन भदौ ३१ गते उहाँको मृत्यु भएको कुरा हामीलाई सुनाईयो ।’ यो खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv