एनएफपिजे नेपालको २४औं बार्षिकोत्वस तथा साधारण सभा सम्पन्न

काठमाण्डौ,असोज ७ । राष्ट्रिय फोटो पत्रकार समूह(एनएफपिजे नेपाल)को २४औं बार्षिकोत्वस तथा साधारण सभा सम्पन्न भएको छ । एनएफपिजे नेपालको २०५३ साल असोज ६ गतेका दिन स्थापान भएकोले हाल सम्म समूहले उक्त दिनलाई यस वर्ष कोभिड रोगको महामारीले गर्दा जुम प्रविधिमार्फत कार्यक्रम गरि सम्पर्न गरिएको हो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चायको प्रमुख आतिथ्यतामा सम्पर्न भएको थियो । आचार्यले राष्ट्रिय फोटो पत्रकार समूहलाई शुभकामना मनतव्य दिदै दिगो र विश्वसनिय पत्रकारीताका लागी फोटो पत्रकारीताको महत्व बारे चर्चा गर्नु भयो । साथै उहाँले वर्तमान अवस्थामा समग्र पत्रकारीता क्षेत्र र श्रमजीवि पत्रकारहरुले भोग्नु परेको परिस्थिलार्य महासंघले गम्भिरताका साथ लिएको बताउनु भयो ।
उक्त कार्यक्रममा काठमाडौं फोटोग्राफर संघका अध्यक्ष मोती वोगटी, फोटो पसलका अध्यक्ष योगेन्द्र जंग वस्नेत , पिजे क्लवका अध्यक्ष विकास कार्की र सस्थाका पूर्व अध्यक्षहरु राजभाइ सुवाल कविन्द्रमान शाक्य,विकास रौनियार र संस्थापक अध्यक्ष चन्द्र शेखर कार्कीले शुुभकामना मन्तव्य राख्नुु भएको थियो भने सम्पूूर्ण अतिथिहरुले फोटोपत्रकारहरु फुटेर होइन जुटेर आफ्नो हक हितको लागि एक जुुट हुुन सुुझाव दिनुु भएको थियो ।


एनफपिजेले अहिलेको कोभिड महामारीलाई ध्यामा राख्दै भर्चुअल माध्यमबाट बार्षिकोत्सव तथा साधारण सभाको आयोजना गरको हो । कार्यक्रममा देशै भरीबाट संस्थाका सदस्यहरुले सहभागीता जनाएका थिए । संस्थाका अध्यक्ष राजेन्द्र चित्रकारले विगतका वर्षहरुमा गरेको कर्य समिक्षा सहित भावि योजान बारे प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । अध्यक्षको प्रतिवेदनमा बिगतमा गर्दै आएका विभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिदै फोटो पत्रकारहरुको कार्यदक्षता बृद्धिकालागी ठोस कार्यक्रहरु ल्याउने, पेशागत हकहतिका लागी सम्बन्धित निकायहरुसँग समन्वय तथ संघर्ष गरेर जान तयार रहेको उल्लेख गर्नु भएको छ ।

त्यसैगरी कार्यक्रममा संस्थाका महासचिव प्रदिपराज वन्तले बार्षिक प्रगति विवरण प्रतिवेन प्रस्तुत गर्नु भएको थियो । उहाँको प्रतिवेदनमा राष्ट्रिय फोटो पत्रकार समूहले संस्थागत तथा सामजिक कार्यहरु गरेको, लकडाउनका समयमा आर्थिक र खाद्यन्न लगायतका समग्रीहरु प्रभावित हरुलाई वितरण गरिएका लगायत संस्थाले एक वर्षमा गरेको कामको समिक्षा प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा कोषध्यक्ष सागर श्रेष्ठ आर्थिक वर्ष २०७६÷०७७ को आर्थिक प्रतिवेद प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिवेदनहरु साधारण सभाको बहुमतले परित समेत गरेको छ । हालको कार्य समितिको पदाबधि यही असोज ६ गते बाट सकिएको अवस्थालाई मध्यनजर गर्दे एक वर्षका लागी अहिलेकै कार्य समितिलाई निरन्तरता दिने सभाले निणर्य गरको छ । कोरोना कहरका कारण साधारण सभा भर्चुअल गर्नु परेको र नयाँ कार्य समिति चयन गर्न नसकिने कुरालाई ध्यानमा राखेर अहिलेकै कार्य समितिलाई निरन्तरता दिन लागिएको हो । साथै २४औं बार्षिकोत्सको अवसरमा संस्थाले नेपाल इन लकडाउन शिर्षकमा फोटो प्रतियोगितको घोषणा गरेको छ । यस प्रतियोगितका सहभागीहरु मध्य उत्कृष्ट १० जनालाई जनही १० हजार नगद सहित प्रमाण पत्र प्रदान गरीने छ । कार्यक्रममा संस्था पूूर्व अध्यक्षहरु पदाधिकारीहरु साथै देशभरीका एनएफपिजेका सदस्यहरु र बंगलादेशका फोटो पत्रकार तथा प्रध्यापकहरुको सहभागीता रहेको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv