पुष्पाको पुन्य काम : “रोगले भन्दा भोकले कोही नमरोस” भन्दै मिर्गौला पीडितलाई राहत बितरण

काठमाण्डौं, असोज ७ । केयर बाल गृहकी संचालिका पुष्पा अधीकारीले सिन्धुपाल्चोक मेलम्ची ६ घर भै हाल काठमाडौंको कागेस्वरी मनहरा बस्ने बर्ष ३४ कि नेत्र कुमारी खत्रीलाई खाद्य सामाग्री बितरण गर्नु भएको छ । बुधबार सामाजिक सेवा दिवसको अवसर पारेर पुष्पाले आर्थिक अभावका कारण खाध्यान्न किन्न नसक्ने बिपन्न परिवारलाई खाद्य बितरण गर्नु भएको हो ।

यस अघी पनि आमामा गुमाएको २२ दिनको नवजत शिशुलाई आवस्यक सामाग्री बेबी प्याड,दुददानी,लुगा, र अन्य खाने कुरा बितरण गर्नु भएको थियो । एक प्रश्नको उत्तर दिदै “सरकारले मलाई जे जसरी हेरेपनी मैले गर्दै आएको सामाजिक कार्यमा सदैव दत्तचित्त र सफा हृदयले आफ्नो काम गर्न कहिल्यै छोड्ने छैन ।” भन्नु भयो ।

केयर बाल गृहमा रहेका ११ जना बालबालिका अझै पनि सरकारले आस्थायी शिविरमा राखेको र उनिहरुलाई अभिवाक समक्ष फिर्ता पठाउने प्रयास गरीरहेको छ । तर अभिभावकले पनि सके सम्म त्यही बाल गृहमा राखेर पढाउन इच्छा ब्यक्त गरेका छन ।

 

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv