शंकर बिसी, महेन्द्र गौतम, अञ्जली अधिकारी, करिश्मा ढकालको अभिनयमा “काली आई लभ यु”

काठमान्डौ असोज ९ । चर्चित गायक एबं सर्जक जे.बी ओलीको नयाँ र पृथक गीत “काली आई लभ यु” को भिडियो भर्खरै मात्र सार्वजनिक भएको छ । यस गीतमा जे.बी ओली र मेलिना राईको स्वर रहेको छ सुन्न सकिन्छ “काली आई लभ यु” बोलको गीतमा जे.बी ओली स्वयम् कै कै शब्द, संगीत रहेको छ । बेल्जियम बस्दै आईरहेका गायक तथा सर्जक जे.बी ओलीले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् ।

प्रस्तुत गीतलाई सबैले माया गरिदिनुहुने छ भन्ने कुरामा उनि बिश्वस्त रहेका छन् । अन्य म्युजिक भिडियोमा प्रयोग नभएका उपकरणहरु प्रयोग गरी पृथक तरिकाले यस गीतको भिडियो निर्माण गरिएको कारणले पनि यस गीतको म्युजिक भिडियो निकै उत्कृष्ठ बनेको छ ।

चर्चित निर्देशक एबं मोडल शंकर बि.सी को निर्देशन रहेको गीतमा दुर्गा पौडेलको छायांकन, सौगात धितालको ड्रोन, नबिन घर्ती मगरको सम्पादन रहेको छ । गीतको भिडियोमा शंकर बिसी, महेन्द्र गौतम, अञ्जली अधिकारी, करिश्मा ढकालको उत्कृष्ठ नृत्य तथा अभिनय रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv