कालीको पानी छोएर आए गृहमन्त्री

काठमाण्डौं, असोज ११ । गृहमन्त्री रामबहादुर थापा (बादल) पहिलो पटक भारतले अतिक्रमित गरेको भूमि नजिकै पुगेका छन् । उनले त्यहाँ स्थानीयबासीसँग कुराकानी गरेका छन् भने कालीको पानी समेत छोएका छन् ।

दार्चुलाका छाङरुबासीले सडक, स्वास्थ्यचौकी र रोजगारी माग गरेका छन्। व्यास गाउँपालिकाको छाङरुस्थित गागामा सशस्त्र प्रहरीको गुल्म शिलन्यासपछि कालापानीको हवाई निरीक्षण तथा स्थानीयसँग छलफलमा निस्किएका गृहमन्त्री थापासँग त्यहाँका स्थानीयले सडक, स्वास्थ्यचौकी र रोजगारी माग गरेका हुन्।

उनीहरुले पहिलो पटक सरकार आफूहरुको आँगनमा आएकोमा खुशी व्यक्त गर्दै व्यासबासीलाई सरकार भएको आभाष दिलाउन आग्रह गरे। यस्तै, युवाहरुका लागि रोजगारीको व्यवस्था गर्न माग गर्दै सरकारसँग आफूहरुका लागि आरक्षण कोटाको व्यवस्था गर्न आग्रह गरेका छन्।

उनीहरुले सडक, शिक्षा, स्वास्थ्य लगायत आधारभूत आवश्यकताबाट बञ्चित जनतालाई खुला प्रतिस्पर्धामा ल्याउनुको साटो उनीहरुलाई आरक्षण कोटाको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

स्थानीयसँगको छलफलका क्रममा गृहमन्त्री थापाले सरकारले बाटोको निर्माण गरिरहेको बताउदै यहि नै उपचार हुने गरि स्वास्थ्य चौकीको समेत व्यवस्था मिलाउने बताएका छन् । उनले सुत्केरीका लागि हेलिमार्फत अस्पताल लैजाने व्यवस्था यसअघि नै भइसकेको भन्दै आवश्यकता परे जेष्ठ नागरिकका लागि पनि हेलिको प्रयोग गर्न सकिने बताए ।

सरकारले सो क्षेत्रमा सुरक्षाकर्मी राखिसकेको र विस्तारै अन्य विकासका कामहरु पनि भइरहेकाले अब सो क्षेत्रमा उद्योग व्यवसाय बढ्ने र बाह्र महिना त्यहि बस्न सकिने उनको भनाई छ। रोगजारीको कुरामा जोड दिदै गृहमन्त्री थापाले भने, ‘यहाँका युवालाई प्रहरी सेनामा भर्ना गर्न सकिन्छ। पढेलेखेका युवाले जागिरखान सक्छन् ।

व्यवसाय गर्न चाहनेलाई सहुलियत दरमा ऋण तथा अनुदान दिन सकिन्छ।’ शुक्रवार राति गागास्थित सशस्त्र क्याम्पमै बसेका गृहमन्त्री थापाले शनिवार बिहान महाकाली नदी तट क्षेत्रको पनि अवलोकन गरेका थिए । भारतद्धारा अतिक्रमित नेपाली भूमि कालापानी छाङरु गाउँबाट १४ किलोमिटर उत्तरमा पर्छ। यो समाचार र तस्वीर महेन्द्रनगर पोष्टबाट साभार गरिएको हो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv