खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री साहित्य र पद्मश्री साधना सम्मान बिबादमा परेपछि अन्तत: रोकियो प्रश्रित को सम्मान

काठमाण्डौं,असोज १३ । गैर आवासीय नेपाली संघका पुर्व अध्यक्ष जीवा लामिछाने अध्यक्ष रहेको खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री साहित्य र पद्मश्री साधना सम्मान बिबादमा परेको छ ।

प्रतिष्ठानले आइतबार लेखक सञ्जीव उप्रेतीको उपन्यास हंस लाई २०७६ सालको पद्मश्री साहित्य पुरस्कार र साहित्यकार मोदनाथ प्रश्रितलाई पद्मश्री साधना सम्मान दिने निर्णय सार्वजनिक गरेको थियो।
यौनशोषणको आरोप लागेका प्रश्रितलाई सम्मान गर्ने कुरा सामाजिक सञ्जालमा विवादित बनेपछि पद्मश्री साहित्य पुरस्कारका लागि छनौट भएका उप्रेतीले नैतिकताका आधारमा प्रश्रितसँग एउटै मञ्चमा पुरस्कार ग्रहण नगर्ने घोषणा गरेका थिए ।

यता, प्रश्रितले पनि प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो चरित्रहत्या भएकाले पद्मश्री सम्मान नलिने बताएपछि पुरस्कार र सम्मान बिबादमा परेको हो ।
सामाजीक सञ्जालमा बिबाद छताछुल्ल भएपछि प्रतिष्ठानले अन्त पुरस्कार र सम्मान स्थगीत गरेको छ । संस्थाले बिज्ञप्ती जारी गदै दुवै पुरस्कारमा उत्पन्न विवादपछि सोमबार बसेको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको जनाएको छ ।

यस्तो छ प्रतिष्ठानको बिज्ञप्ती
प्रेस विज्ञप्ति
मिति २०७७।०६।१२
खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानद्वारा वि.स.२०६३ सालदेखि प्रत्येक वर्ष कृतिका लागि अर्पण गरिँदै आएको पद्मश्री साहित्य पुरस्कार र वि.सं.२०६७ सालदेखि नियमित रूपमा अर्पण गरिँदै आएको पद्मश्री साधना सम्मान यस वर्ष पनि मिति २०७७।०६।११ मा घोषणा भएपछि केही विवाद र अहसज परिस्थिति सिर्जना भएको तथा सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेको असहज परिस्थितिमा उहाँहरुको इच्छालाई विनम्रतापूर्वक कदर गर्दै यस वर्ष अर्पण गरिने पूर्वघोषित सम्मान तथा पुरस्कारको घोषणा आज बसेको प्रतिष्ठानको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको छ । यसबाट पर्न गएको असहजताले हामी अत्यन्त दु:खी छौं, तर हाम्रो उद्देश्य कसैको भावना र संवेदनामा ठेस पुऱ्याउने कदापि थिएन । सम्मानित र पुरस्कृत स्रस्टा, साहित्यप्रेमी, तथा शुभचिन्तक महानुभावहरुको आत्मसम्मानमा पर्न गएको ठेसप्रति प्रतिष्ठान क्षमायाचना गर्दछ ।
खेमलाल-हरिकला लामिछाने प्रतिष्ठान नेपाली साहित्यको प्रगति र उत्थानमा सदैव समर्पित रहने छ ।
जीवा लामिछाने
अध्यक्ष,
खेमलाल- हरिकला लामिछाने प्रतिष्ठान
रत्ननगर, चितवन



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv