एतिहासिक रानीपोखरीको बालगोपाल मन्दिरमा गजुर ( भिडियो सहित )

काठमाण्डौं,असोज १६ । ऐतिहासिक रानीपोखरीमा बिहीवार गजुर राखिएको छ । बिहान ८ बजेको साइतमा रानीपोखरीको बीच भागमा रहेको निर्माणाधीन बालगोपालेश्वर मन्दिरमा मुख्य एक र अन्य चार गरी पाँच स्थानमा गजुर राखिएको हो ।

मुख्य गजुर १२३ किलोग्राम तौलको रहेको छ । तामाले बनेको र गजुरको बाहिरी आवरण सुनले लेपन गरिएको हो । २०७२ सालको भुकम्पमा पूर्ण रुपमा क्षती भएको उक्त मन्दिर अहिले लगभग निर्माण सम्पन्न भएको छ ।

दशैं अघि उद्घाटन गर्ने योजना राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको छ । सोही अनुसार अहिले सरसफाइ र बत्ती राख्ने काम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले बताएका छन ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv