प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार रिमाल, परराष्ट्र सल्लाहकार भट्टराई र प्रेस सल्लाहकार थापा कोरोना सङ्क्रमण मुक्त

काठमाण्डौं,असोज २३ । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ ।

उहाँहरुको बिहीबार पीसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उहाँहरु सबैलाई गएकाे असोज १७ गते सङ्क्रमण भएको थियो ।

सल्लाहकार थापाका अनुसार उहाँहरुका परिवारका सदस्यको कन्ट्याक्ट ट्रेसिङ परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]ail.com

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv