धार्मिक अभियान्ता सागर थापा माथि आरोप लगाउँदै आफ्नो भिडियो भाईरल बनाउन युट्युबरले रचे यस्तो खेल

काठमाण्डौं, असोज २७ । युट्युबर दिपक रावलले “अन द स्पट न्युज” युट्युब च्यानल मार्फत धार्मिक अभियान्ता सागर थापाको मानमर्दन हुने गरी भिडियो सार्वजनिक गरी प्रचारप्रसार गरेको छ । बिश्व हिन्दु युवा संघ अन्तराष्ट्रिय समितिको अध्यक्ष समेत रहेका थापा बिरुद्ध लेनदेनको कारोबार देखाइ काठमाण्डौमा बसोबास गर्ने रिता श्रेष्ठ नाम गरेकी एक युवतीलाई प्रयोग गरी थापा बिरुद्ध असोज २३ गते भिडियो प्रसारण गरेको हो ।

भिडियोमा अभियान्ता थापालाई पीडित भनिएकी युवती श्रेष्ठले बलात्कारको आरोप लगाएकी छिन ।

अभियान्ता सागर थापाका अनुसार आमा शुभमायाले थापाको बुहारी मिरा कुवँरबाट २०७५ साल बैशाख ५ गते घर निर्माण/व्यापार व्यवसाय र व्यक्तिगत कर्जा भनेर ८ लाख ४० हजार ६२५ रुपैयाँ ऋण लिएको र ऋण लिंदा उनले काभ्रे जिल्लाको पनौती न.पा. १ मा रहेको कित्ता नं. १३१ को ८ आना २ पैसा ३ दाम, सोही ठाउँमा रहेको कित्ता नं. १३२ को १ रोपनी ६ आना १ पैसा र कित्ता नं. १४४ को १ रोपनी, १ आना र १ दाम गरी तीन वटा कित्ताको जग्गा समेत उल्लेख गरी नियमानुसार पछि दृष्टि बन्धक हुने गरी कागज गरेर रकम सापट लिएको बताउनु भएको छ ।

थापाले भन्नु भयो “उक्त रकम लिने बेलामा शुभमायाले भनेको समयमा ऋण लिएको रकमको साँवा व्याज चुक्ता गर्न नसकेमा उल्लेखित जग्गाबाट असुल उपर गरेमा सरकारी कार्यालयहरुमा तिर्नु पर्ने कर समेत आफूले तिरेर बाटो खुल्ला गर्ने व्यहोरोको कागज बनाएको प्रमाण छ । आफ्नो पुरानो चिनजान भएकोले म स्वयं पनि उक्त कागजमा साक्षी बसेको हुँ, तर उक्त जग्गा व्यक्तिगत नभई सरकारी रहेको पत्ता लागेपछी अदालतमा मुद्दा चलाइएको छ ।

लगेको रकम नदिन र अदालतमा बिचराधिन रहेको मुद्दालाई प्रभाबित पार्न म माथि लाल्छाना लगाइको हो । म एउटा सामाजिक अभियान्ता हुँ र मेरो जीवनकाल सम्म अनावश्यक अभद्र ब्यवहार र कसैलाई दुब्यवहार गरेको छैन । हुँदै नभएको कुरालाई घटनाको मोड दिई नाटक मंचन गर्ने युट्युबर दिपक रावल र सो ब्यक्ती ले संचालन गरेको युट्युब च्यानल उपर आवश्यक कारवाहिका लागि कानुनी उपचार गरेको छु ।” हेर्नुहोस् प्रमाण :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv