काठमाडौं उपत्यकामा ह्वात्तै कोरोना संक्रमित बढेपछि

काठमाण्डौं,कार्तिक ७ । बितेको २४ घण्टामा काठमाडौ उपत्यकामा मात्रै ३ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २३९१, ललितपुरमा ५४३ र भक्तपुरमा १७३ गरी कुल ३ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै काठमाडौंसहित देशभर कोरोनाभाइरस संक्रमितको संख्या ४४ हजार नाघेको छ । बितेको २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

चौबीस घण्टाको अवधिमा बुधवार अपराह्णसम्म थप २६ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ। योसहित नेपालमा अहिलेसम्म ७९१ सङ्क्रमितको मृत्यु भएको देखिन्छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टाको अवधिमा देशभरि २,९९६ सङ्क्रमित रोगमुक्त भएका छन्।

अहिलेसम्म ९९,६०५ सङ्क्रमित निको भइसकेका छन्। यो सङ्क्रमितको कुल सङ्ख्याको * प्रतिशत हो।मङ्गलवार मन्त्रालयले ३,०९३ जनामा सङ्क्रमण र आठ जनाको मृत्यु भएको पुष्टि गरेको थियो। गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।

गत शनिवार मन्त्रालयले ५,००८ जना सङ्क्रमित फेला परेको बताएको थियो। ् अहिले देशभरि ४४,४७६ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये १४,६७६ जना संस्थागत आइसोलेशनमा र बाँकी २९,८०० जना घरमै बसिरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको कुल सङ्ख्या अन्यत्रको भन्दा बढी छ। तीमध्ये अधिकांश काठमाडौं उपत्यकाका हुन्।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv