‘कार्यकर्ता रुवाउने गरी कचिङ्‌गल गर्नुभन्दा सल्लाहले नै अलग हुँदा हुन्छ’ – पोखरेल उपप्रधानमन्त्री

काठमाडौ,कार्तिक १९ । सत्तारुढ नेकपा भित्र देखिएको विवाद उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउन सल्लाह दिएको भन्दै प्रचण्डले अभिब्यक्ति दिएपछि नेकपामा थप संकट देखिएको छ । लामो समयसम्म नभेटेका नेकपाका दुई अध्यक्षको भेटमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई मिल्न सकिदैन भने सहमतिमै अलग हौं भनेर सुझाव दिएको प्रचण्डले दावी गरेका थिए ।                                                            त्यसको भोलीपल्ट गोदावरीमा निर्माण भइरहेको तीन हजार क्षमताको अन्तर्राष्ट्रिय सभा हल निरिक्षणका लागि पुग्दा पत्रकारहरुसंगको जवाफमा आफुनो पार्टी फुटाउने कुनै नियत नभएको बताएका थिए । तर नेकपा सचिवालय सदस्य इश्वर पोखरेलले भने प्रधानमन्त्री ओलीकै भाषा बोलेका छन् ।  उनले कार्यकर्तालाई रुवाउने गरी दुई गुट विवाद गर्नुभन्दा सल्लाहमै अलग हुँदा राम्रो हुने बताएका छन् । वाह्रखरी अनलाईन संगको अन्तरवार्ताका क्रममा नेता पोखरेलले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले प्रचण्डसंग अलग हौं भनेको कुरालाई पुष्टि गर्न सो अनलाईनका संवाददाताले गरेको प्रश्नमा उनले भनेका छन्, भेटघाटमा प्रकट भएका कुरा हुन् ती । पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग कुनै नेताले कुरा गर्दा, यस्तो कचिङ्गल गरिरहँदा जनतालाई पनि असह्य भयो । मुलुकका लागि पनि असह्य भयो । कसैका निम्ति पनि राम्रो भएन । यस्तो हुनुभन्दा त बरु सल्लाहले नै आफ्नो–आफ्नो बाटो हिँडौं भनेको विषय हो । पछि प्रधानमन्त्री ओली र प्रचण्डजी भेट्दा पनि अमुक नेताले यस्तो भन्नुभएको थियो भनेर प्रसङ्ग आउँदा हो त साँच्ची यो पनि विकल्प हो भन्नुभयो होला ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv