भारतीय सेनाध्यक्ष मनोज मुकुन्द स्वदेश फिर्ता

काठमाण्डौं,कार्तिक २१ । तीन दिने भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे आज भ्रमण सकेर स्वदेश फर्कने भएका छन् । बुधवार नेपाल आएका उनको तीन दिने भ्रमण सकिएको हो । शुक्रवार नरवणेले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष भेट गरेका छन् । सो क्रममा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच रहेका समस्या संवादमार्फत् समाधान हुने बताएका छन्।

ओलीले नेपाल र भारतका बीचमा सदिऔं पुरानो विशिष्ठ सम्बन्ध रहेको बताउँदै आपसी समस्या संवादबाट सुल्झने सन्देश दिएका छन् । नेपालको तीन दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष नरवणेले शुक्रबार प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता गरेका थिए। नेपालले भारतद्धारा अतिक्रमति भूमी पनि समेटेर नयाँ नक्सा जारी गरेपछि चिसिएको सम्बन्धकाबीच भारतीय सेनापतिको नेपाल भ्रमण भएको हो ।

लामो समय देखि सम्बाद हिनताको अवस्थामा रहेका दुई देशबीच अब सम्बन्ध सुधार हुने अपेक्षा गरिएको छ । ‘भेटवार्ताका क्रममा प्रधानमन्त्रीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवाद मार्फत् समाधान हुने विश्वास ब्यक्त गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिएका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv