यामाहाले ल्यायो नयाँ एमटी-०७

काठमाण्डौ,कार्तिक २४ । यामाहाले आफ्नो एमटी सिरिजलाई धमाधम अपग्रेड गरिरहेको छ । कम्पनीले एमटी-०९ को नयाँ अपग्रेड अन्तर्राष्ट्रिय बजारमा ल्याएको केहि दिनपछि नै अर्को एमटी सिरिज अन्तर्गत एमटी-०७ को अपग्रेड गरेको हो । कम्पनीले सन् २०२१ लाई मध्यनजर गर्दै एमटी-०७ अपग्रेड गरेको जनाएको छ ।

कम्पनीले एमटी-०७ मा अगाडिको लुक्समा परिमार्जन गरेको छ । कम्पनीले यसमा नयाँ एलइडी हेडल्याम्प सेट प्रदान गरेको छ । नयाँ डिजाइनको फ्यूल ट्याङ्क र नयाँ डिजाइनको लुकिङ ग्लासको प्रयोगले पुरानो एमटी-०७ को तुलनामा नयाँ एमटी-०७ निकै आकर्षक देखिएको छ ।

२०२१ एमटी-०७ मा नयाँ एलइडी इन्डिकेटर, नयाँ एलसीडी इन्ट्रुमेन्ट क्लष्टर, पहिलेको तुलनामा १५ एमएम बढी फराकिलो ह्यान्डलबारको प्रयोग गरिएको छ ।
एमटी-०७ मा यूरो ५ मापदण्डको ६८९ सीसी, लिक्वीड कुल्ड ‘सिपी२’ इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ९००० आरपीएममा ७४.८ हर्सपावर र ६५०० आरपीएममा ६८ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड गियरबक्स दिइएको छ । यसको अन्तर्राष्ट्रिय बजारमा ७ हजार ७९९ डलर मूल्य तोकेर बिक्री सुरु हुने अनुमान गरिएको छ ।

यामाहाले नेपालमा एमटी सिरिज अन्तर्गत एमटी १५ मात्र बिक्री वितरण गर्दै आएको छ । महंगो मूल्यको कारण अझै केहि वर्ष एमटी-०७ नेपाल आउने संभावना देखिदैन । नेपालमा यामाहाको आधिकारीक वितरक एमएडब्ल्यू इन्टरप्राइजेज्ले ठूला मोटरसाइकलको छुट्टै शोरुम संचालनमा ल्याउने तयारी भने गरिरहेको जनाएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv