‘अबको ४ महिनामा करिब १ लाख ४८ हजार कोरोना संक्रमित थपिन सक्छन्’- स्वास्थ्यमन्त्री

काठमाण्डौं,मङ्सीर ७ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अबको ४ महिनामा करिब १ लाख ४८ हजार जना नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टि हुन सक्ने बताएका छन् । शनिबार (आज)‘कोभिड उन्नाइस महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिका’बारे काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका मन्त्री ढकालले अबको ४ महिनाको समयावधिमा सो संख्याका कोरोना संक्रमित थपिन सक्ने जानकारी गराएका हुन् ।

कोरोना संक्रमण र यसको उपचारको सम्बन्धमा पछिल्लो समय नागरिकको बुझाइका कारण सरकारलाई काम गर्न सहज भएको बताएका मन्त्री ढकालले कूल सक्रिय संक्रमितहरूमध्ये ८० प्रतिशत होम आइसोलेसनमा बस्नुले नागरिकको बुझाइमा परिवर्तन आएको स्पष्ट हुने पनि उल्लेख गरे । यसैबीच मन्त्री ढकालले कोभिडविरुद्ध सरकारले युद्धस्तरमा काम गरिरहेको दावी गरेका छन् । उनले सरकारले अस्पतालहरूमा अक्सिजन सहितका बेडहरूको व्यवस्थापन गर्ने, औषधीको आपूर्ति सहज बनाउनेलगायतका काम गरिनै रहेको बताएका छन् ।

यस्तै, विश्वमा भ्याक्सिन उत्पादन भएर विश्व स्वास्थ्य संगठनबाट प्रमाणित भई प्रयोग गर्ने अवस्थामा आउँदा नेपाली नागरिकहरूलाई पनि भ्याक्सिन दिलाउन सकियोस् भन्नेतर्फ सरकारले ध्यान केन्द्रित गरी काम गरिरहेको उनले बताए । शुरुमा दुई प्रतिशत नेपाली नागरिकमा मात्रै पीसीआर टेस्ट् गर्ने नीति लिएको नेपालले अहिलेसम्म १६ लाख ५० हजारजनाको भन्दा बढीको परीक्षण गरिसकेको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv