पत्रकार धमलाले जिते कोरोना

काठमाण्डौं, मङ्सीर ८ । बरिष्ठ पत्रकार तथा जनता जान्न चाहन्छन कार्यक्रमका प्रस्तोता ऋषी धमला पनि कोरोनासंक्रमण मुक्त भएकाछ छन ।
सोमबार आफ्नो सामाजिक संजाल फेसबुक मार्फत उनले कोरोना मुक्त भएको जनाएका छन । सम्पूर्ण शुभचिन्तकलाई आभार प्रकट गर्दै कोरोना संक्रमणलाई जित्नको लागि हामी एकजुट भएर लड्नुपर्छ । सबैले जनस्वास्थ्यका मापदण्ड अपनाऔं । बताउनु भएको छ ।

कोरोना संक्रमणमुक्त भईयो, शुभकामना प्रकट गर्ने सबैप्रति आभार
कोरोना संक्रमण भएको १५औं दिनमा आज म संक्रमणमुक्त भएको जानकारी गराउँदछु । संक्रमण पुष्टि भएसँगै (कार्तिक २३) गते नै म ‘होम–आईसोलेसन’मा बसेको थिएँ । यो अवधिमा म जनस्वास्थ्यविज्ञ तथा चिकित्सकहरूसँगको नियमित परामर्शमा थिएँ । संक्रमण पुष्टि भएपछि मलाई विभिन्न माध्यमबाट स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभारी छु । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यू, सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनज्यू, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराज्यू, सभामुख अग्निप्रसाद सापकोटाज्यू, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाज्यू, विभिन्न दलका नेतागणहरु, माननीय मन्त्रीज्यूहरु, माननीय सांसदज्यूहरु, कलाकारज्यूहरु, साहित्यकारज्यूहरु र मिडियाकर्मी मित्रहरु र विशेषगरि नेपाली जनताप्रति म आभारी छु र धेरै–धेरै धन्यवाद भन्न चाहन्छु ।

म ‘होम–आईसोलेसन’ मा रहेपनि टेलिभिजन (प्राइम टाइम्स टेलिभिजन) र रेडियो (नेपाली रेडियो नेटवर्क) का मेरा नियमित कार्यक्रमहरु ‘जनता जान्न चाहन्छन्’ र ‘नेपाली बहस’ सदाझैं प्रसारण भए । कुनै दिनपनि मैले कार्यक्रम रोकिनँ । म आम दर्शक तथा श्रोताप्रति सधैं आभारी छु । यहाँहरुको माया, साथ, सहयोग, स्नेह र हौसला नै मेरो प्रेरणाको स्रोत हुन् । स्वदेश तथा विदेशमा रहनुहुने नेपाली जनताहरुको सद्भाव म कहिल्यै पनि बिर्सिन्न् । यहाँहरुले सामाजिक सञ्जालमार्फत गर्नुभएको शिघ्र स्वास्थ्यलाभको कामना र जुन माया र स्नेह देखाउनुभयो यसप्रति म सधैं आभारी छु । यस अवधिमा नियमित स्वास्थ्य परामर्श गर्नुहुने वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षित, वरिष्ठ चिकित्सक डा. भोला रिजाल, चिकित्सकहरु डा. मनोज यादव, डा. सागरकुमार राजभण्डारी, डा. रवीन्द्र पाण्डे, डा. शेरबहादुर पुन, डा. अनुप बास्तोला, डा. रमेश आचार्य र मेरो परिवारका सदस्यहरुलगायत सबैप्रति म आभारी छु । कोरोना संक्रमणलाई जित्नको लागि हामी एकजुट भएर लड्नुपर्छ । सबैले जनस्वास्थ्यका मापदण्ड अपनाऔं । धन्यवाद ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv