विद्यालय जाँदै गरेकी ६ वर्षकी बालिकालाई मोटरसाइकलले ठक्कर दियो, घटनास्थलमै निधन

काठमाडौ । विद्यालय जान भन्दै हिडेकी बालिकालाई मोटरसाइकलले ठक्कर दिँदा निधन भएको छ । धनुषामा मोटरसाइकलको ठक्करबाट विद्यालय जाँदै गरेकी ६ वर्षीया बालिकाको निधन भएको हो ।

धनुषाको बटेश्वर गाउँपालिका २ भुचक्रपुर बस्ने बिष्णुदेव ठाकुरकी ६ वर्षीया छोरी आरती ठाकुरको निधन भएको प्रहरीले जनाएको छ । सोमबार बिहान करिब साढे १० बजे धनुषाको बटेश्वर गाउँपालिका–४ बटेश्वर बजार नजिक महाबीर बोडिंग स्कुल जाँदै गरेकी बालिका विद्यालय पुग्न नपाई वाटोमै अस्ताइन् । उनलाई ज ११ प १५१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घटनास्थलमै निधन भएको हो ।

ठक्कर दिने मोटरसाईकल र चालक श्रीप्रसाद ठाकुरलाई बटेश्वर प्रहरीचौकीले नियन्त्रणमा लिएको छ। बालिकालाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर लागिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीचोकी बटेश्वरले जनाएको छ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - newsnia[email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv