“मेरो सरकार को ग्यारेन्टी भो, एउटा जनताको जीवन भन्दा एउटा कम्मलको मुल्य बढी महत्वपूर्ण हुँदैन” -प्रधानमन्त्री के पी ओली

काठमाण्डौं १७ चैत । प्रधानमन्त्री के पी ओलीले नेपालमा जाडो र बाढीका कारण कोही पनी नमर्ने बताउनु भएको छ । जीफन्टको उदघाटन गर्दै उक्त कुरा बताउनु भएको हो ।

‘प्रधानमन्त्री ओलीले भन्नु भयो ‘तपाईंहरुलाई समस्या परे पनि भोकमरी लाए पनि डेमोक्रेसी आयो भन्दैमा चुप बस्ने होइन,हामी हिजो भोक लागेको अवस्थामा थियौं भने आज त्यो अवस्थामा छैनौं ।’याक एन यती मा सम्पन्न कार्यक्रममा देश बिदेशबाट पनि सहभागीता रहेको थियो ।

तपाईंले भन्न सक्नु पर्छ हिजो जाडो थियो,आज म सँग न्यानो कपडा छ । बिमारी हुँदा सिटामोल पाएको थिईन आज स्वास्थ्य बिमा पाएको छु । नेपाल जस्तो देशमा अब कोही भोकै हुँदैन, कोही भोकले मर्दैन । मेरो सरकार को ग्यारेन्टी भो, एउटा जनताको जीवन भन्दा एउटा कम्मलको मुल्य बढी महत्वपूर्ण हुँदैन यो सरकारलाई किनकी अब जनताको सरकार आएको छ भन्दै जनतालाई विश्वाश गर्न आग्रह गर्नु भयो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv