ललीतपुरका मेयरद्धारा आचि गरेर ट्वाइलेटको उद्घाटन

ललितपुर,मङ्सिर ९ । जनप्रतिनिधिहरुसँग जनताका अपेक्षा धेरै छन्, जनताको अपेक्षा पूूरा गर्न नसक्दा उनीहरु आलोचित समेत हुने गरेका छन् । हुन त जनप्रतिनिधिहरुका पछिल्ला गतिविधिहरु पनि उदेक लाग्दा नै छन् ।

केही समय अघि पोखराका मेयर मनबहादुर जिसीले डोजर चलाएर उद्घाटन गर्दा दुर्घटना भएको खबर आएको थियो । हालै वाग्मती प्रदेशका मन्त्री सालिकराम जमरकट्टेल सहितको टोलीले नुवाकोट पुगेर ट्वाइलेट उद्घाटन गरेको समाचार आएको थियो ।

हालै सामाजिक सञ्जालमा एक भिडियो क्लिप भाइरल भएको छ । ललीतपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन उक्त क्लिपमा एक शौचालय उद्घाटन गरिरहेको देखिन्छन् । उक्त भिडियो सेयर गर्नेले ‘मेयरसावले आची गरेर ट्वाइलेटको उद्घाटन गरे’ भनेर लेखेका छन् ।

भिडियोमा ट्वाइलेटको रिवन काटेर उद्घाटन गरेपछि मेयर टुसुक्क बसेको देख्न भने सकिन्छ । तर उनले शौचालय प्रयोग गरे नगरेको भने थाहा हुन सकेन ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv