पक्राउ परेका भारती सिंहका जोडीलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएपछि आजै छुटे

मुम्बई,मङ्सिर ९ । चर्चित भारतीय कमेडियन भारती सिंह र उनका श्रीमान् हर्ष लिंबाचिया धरौटीमा छुटेका छन्। मुम्बईको एक अदालतले उनीहरूलाई जनही १५ हजार धराैटीमा रिहा गर्न आदेश गरेकाे हाे। उनीहरुलाई ला’गु औ’ष’ध अनुसन्धान ब्युरो (एनसिबी) ले अनुसन्धानका लागि पक्राउ गरेर १४ दिनको न्यायिक हिरासतमा पठाएको थियो।

भारती र हर्षलाई मुम्बईको किला कोर्टले ड्र ‘ग्स केसमा न्यायिक हिरासतमा राख्ने आदेश गरेको थियो। भारती र हर्षले त्यसविरुद्ध मुम्बईको एक/एक अदालतमा आफ्नो धरौटीका लागि निवेदन दिएका थिए। भारती र उनका श्रीमान् हर्षलाई ४ डिसेम्बरसम्मका लागि न्यायिक हिरासतमा पठाइएको थियो। भारतीलाई कल्याण जेल र हर्षलाई टलोजा जेलमा पठाइएको थियो।

यसको मुद्दा भएकाले धरौटीको निवेदन किला कोर्टमा परेको हो। शनिबार भारतीको घरमा एनसिबीले छा’पा मा’रेको थियो। सोधपुछका क्रममा भारतीले आफूले से’वन गरेको स्वीकारेकी थिइन्। ६ घन्टा चलेको सोधपुछपछि उनीहरुलाई गिरफ्तार गरिएको थियो।

सुशान्त राजपुतको मृत्युपछि यस्तै मुद्दामा एनसिबीले बलिउडकर्मीमाथि छानबिन थालेको छ। रिया चक्रवर्तीपछि दीपिका पादुकोण, सारा अली खान र रकुल प्रीतसँग समेत सोधपुछ गरिएको थियो। यस्तै, अभिनेता अर्जुन रामपालको घरमा छापामा मा’रिएको थियो र उनका ड्राइभरलाई गिरफ्तार गरिएको थियो।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv